झापाः एमालेको नेतृ तथा शिवसताक्षी नगर उपप्रमुखको प्रत्यासी उम्मेदवार नरमाया कार्कीले केरा खेती गर्ने बहानामा नगरको लाखौ रुपैया हिनामिना गरेको खुलासा भएको छ ।

उनले कार्की फर्म शिवसताक्षी ७ र कृषि समुह, सहकारी, फर्म मार्फत चक्लाबन्दीमा ब्यबसायकि सामुहिक तरकारी खेती कार्यक्रमबाट उक्त रकम हिनामिना गरेको बताइएको छ ।नगरको कृषि बिकास शाखाबाट आर्थिक बर्ष २०७५। ०७६ को बजेटबाट अनुदानमा प्राप्त गरेको लाखौ रपैया हिना मिना गरेको हो । शिवसताक्षी ५ स्थित सालमारामा स्थानीय टंक पौडेलको ३ बिघा जमिन लिजमा लिएर केरा खेती लगाउन भनी उक्त रकम भुक्तानी लिएको हो ।

279788931_3135289543405236_948537036484026573_n

तर त्यस ठाउमा न केरा रोपिएको छ, नत अन्य केहि, अहिले उक्त जमिन बाँझै छोडिएको र खेतीमा परिणत गरिएको छ । केरा खेती गर्छु भनि लगेको रकम अन्यत्र नै खर्च गरिेएको जो कोहीले पनि अनुमान गर्न सकिन्छ । त्यस्तै बेमौसमी तरकारी खेती पनि गरिएको छैन । सोर्स फोर्स लगाएर अनुदान प्राप्त गर्ने पैसा झवाम परे पछि उनको नैतिकता कहाँ सम्मको रहेछ सोच्नुपर्ने हुन्छ । यदी उक्त अनुदान बास्तबिक किसानलाइ दिएको भए अहिले प्रतिफल राम्रै हुने थियो होला । एक बिस्वस्त श्रोतका अनुसार उनले जमिनको लिज प्रति बिघा ४० मन धानको मुल्य बराबार दिने सर्तमा जमिन लिजमा लिएको बताएका छन ।

280054466_1102764750272997_6776184779395803705_n

उनी स्वास्थ्य स्वयमसेबीका समेत रहेकोले स्वास्थ क्षेत्रमा पनि आर्थिक हिना मिना गरेको हुन सक्ने जनाइएको छ । उपप्रमुखले नगरमा न्याय सम्पादन र हरेक बिकास निर्माणको अनुगमनको संयोजक भएर काम गर्नु पर्ने हुन्छ । यो उनलाई मतदान गर्न भन्दा अघि सोच्नु पर्ने बिषय बनेको छ । उनलाई समाजमा भएका झैझगडाहरुमा समेत मिलाउन नसक्नेले नगरमा कसरी न्याय सम्पादनलाई चुस्त दुरुस्त रुपमा गर्छन भनेर समेत प्रश्न उठन थालेको छ । उनले कही समय अघि उनकै छिमेकी निर्मला चौधरीको झगडाको केशमा मिलापत्र गर्न लाग्दा मिलापत्र कागज नै च्यातेर फालेको उदाहारण रहेका छन । त्यसैले पनि उनको छबि ठिक नभएको छिमेकीहरुले बताएका छन । उनी नेकपा एमालेको जिल्ला सदस्य हुन् ।