इटहरीः लामो समयदेखि समाजसेवा र महिला सशक्तिकरणमा अग्रणी भुमिका निर्वाह गरिरहेकी रामधुनीकी सिता चौधरीले रामधुनी नगरपालिकामा उपमेयरको दर्विलो दावी प्रस्तुत गरेसंगै विजयको नजिक पुगेकी छन् । नगरपालिकाको वडा वडामा भईरहेको घरदैलो कार्यक्रममा उनलाई साथ दिनेहरुको लर्कोबाटै उनि विजयको नजिक पुगेको संकेत मिल्छ ।

लामो समयदेखि स्वतन्त्र जिवनबाटै सामाजिक क्रियापलापमा अग्रस्थानमा रहेकी चौधरी स्वतन्त्र तर्फबाट उपमेयर उठ्ने चर्चा पहिले चलेको भएता पनि पछि नेकपा एकीकृत समाजवादीको तर्फबाट कलम चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी हुन् ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयर पदमा पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य सिताराम घिमिरेले उम्मेद्वारी दिएका छन् ।

कुनै राजनितिक पार्टीको सदस्य नहुँदा पनि सेवा गर्दै आएको र समाजवाट नै रामधुनी नगरपालिकामा सिता चौधरी थरुनीको खाँचो छ भन्ने आवाज आएपछि आफुले उपमेयर पदमा उम्मेद्वारी दिएको सिताले प्रदेश पोर्टलसँग बताइन् ।

रामधुनी नगरपालिकामा रामधुनी नगरको नगरबासीको हितमा काम गर्ने र आफू कुनै पार्टीमा नहुँदा पनि सेवा गर्दै आएको र नगरमा आउन सके विधि र पद्धतीमा रहेर नगरको सर्वोत्तम हितको लागि काम गर्ने चौधरीको भनाई छ ।

थारु संस्कार र संस्कृतीको संरक्षण र सम्वर्दनमा अग्रणी भुमिका खेलीरहेकी सिता घोँगी बगिया थारु भिलेज नामक थारु संस्कृतीसँग जोडिएको रेष्टुरेन्ट खोलेर पर्यटन प्रवद्र्धनको क्षेत्रमा समेत काम गरिरहेकी छिन् ।शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका ,कृषि पर्यटन प्रवद्र्धन गर्न र रामधुनिलाइ चिनाउन आफ्नो पहिलो प्राथमिकतामा रहने सिताको भनाई छ ।

279734581_566263874931576_2425202358916652745_n

कोरोना कालमा नगरपालिकाको माध्यमबाट खाद्यसामाग्रि राहत वितरण देखि लिएर प्रहरी प्रशासनलाई खाना नास्ता खुवाउने सम्म काम गरेर चर्चामा आएकि सिता थरुनी समाज बुझेको व्यक्ति नगरमा आउनु पर्ने भनाई राख्छिन् ।

समाजमा योगदान गर्न नसकेकाहरुलाई पार्टीको लहैलहैमा लागेर जिताए फेरी पाँच बर्ष जनता पछाडी पनुपर्ने भएकाले असल नेतृत्वलाई जिताएर विकास निर्माण र समृद्ध नगरको परिकल्पना आफुले गरेको सिताको भनाई छ ।

लायन्स क्लव अफ रामधुनीकी सदस्य, नगर महिला समिति रामधुनीकी उपाध्यक्ष साथै झुम्का उद्योग वाणिज्य संघकी निर्वाचित सदस्य र वडा महिला संघ वडा नम्बर १ कि उपाध्यक्ष समेत रहेकी सिता अहिले निर्वाचनको संघारमा रामधुनीमा महिलाहरुको हक र अधिकारलाई सुनिस्चित गर्न कलम चुनाव चिन्ह बोकेर मतदाताको घरघरमा धाउँदैछिन् ।

सिताले उम्मेद्वारी दिएको पार्टी नेकपा एकीकृत समाजवादी ले रामधुनी नगरपालिकामा एक घर एक रोजगार सुशासनयुक्त रामधुनी सरकार भन्ने नाराका साथ चुनाव प्रचार प्रसार गरिरहेको छ ।

नगरमा देखिएका नेकता एसका उम्मेद्वारले नगरको आफ्नै बारुणयन्त्रको व्यावस्था गर्ने, फोहोर बाट बायोग्यास निकाल्न प्लान्ट स्थापना गर्ने, जेष्ट नागरिकहरुलाई विना झण्झट घरमै वृद्धभत्ता उपलव्ध गराउने जस्ता प्रतिवद्धता लिएर आएका छन् ।

महिलाहरुलाई घरबाट बाहिर निस्किन र पितृसत्तात्मक समाजबाट आधुनिकता तर्फ लम्किन आग्रह गर्ने सिताले आफु उपमेयरको रुपमा निर्वाचित भए रामधुनीका महिलालाई समृद्ध र हरेक क्षेत्रमा महिलाको प्रतिनिधिमुलक सहभागिताको ग्यारेन्टि गर्ने प्रदेश पोर्टलसँग बताइन् ।