इटहरीः नेकपा माओवादी केन्द्र रामधुनीले वडाका मुख्य चोकमा निशुल्क वाईफाईको व्यावस्था गर्ने देखि लिएर सुचनाको हकलाई सम्बोधन गर्न डिजिटल सुचना पार्टी बनाउने सम्मको प्रतिवद्धता अघि सारेको छ ।

पार्टीको रामधुनी नगरकमिटीले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा सुशासन, समृद्धि, कृषि, शिक्षा, पर्यटन खेलकुद र सामाजिक सुरक्षाका विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

स्थानीय स्तरमा गठबन्धन नगरी एकल उम्मेद्वारी दिएको माओवादीले सबै नगरबासीको स्वास्थ्य बिमा गरी स्वास्थ्यमा सहज पहुँचको निर्माण गर्ने , वडा नम्बर ५ मा रहेको कोभिड अस्पताललाई स्तरोन्नती गरी ५० शैयाको अस्पताल बनाउने देखि लिएर गाउँ र बजारका मुख्य चौकमा प्रसोधित स्वच्छ खानेपानीको व्यवस्थागर्ने समेत बताएको छ ।

280055629_1026564088276825_8579151905659926100_n

पालिकाका मुख्य चोकमा सार्वजनिक सौचालय निर्माण गर्ने देखि लिएर शिक्षाका क्षेत्रमा कक्षा १२ सम्मको शिक्षा निशुलक गर्ने , नगरभित्रका प्रत्येक विद्यालयहरुमा एसइइमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन स्वरुप साइकल वितरण गर्ने प्रतिवद्धता समेत सार्वजनिक गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले महिला बालबालिकाको सुरक्षाको लागि विशेष कार्यक्रम ल्याइने , बेरोजगार युवाको लागि सिपमुलक तालिमको व्यावस्था र नगरपालिकामा उजुरी गुनासो डेक्स स्थापना गरी तत्काल कार्यन्वायन गर्ने योजना पनि अघि सारेको छ ।

रामधुनीलाई पर्यटनसँग जोड्न रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न पहल गर्ने र धर्मशालाको निर्माण गर्ने साथै रास ताल, शंकलबेली ताल, क्षेत्रलाई पिकनिक स्पटको रुपमा विकास गरी आन्तरिक पर्यटनको विकास गर्ने र खेलाडीलाई आर्थिक सहायता दिनुका साथै नगरस्तरिय खेलकुदमा महिलाको सहभागिता अभिवृद्धि गर्ने र नगरस्तरिय खेलमैदान निर्माण गरी प्रशिक्षक समेत राख्ने प्रतिवद्धता मार्फत नेकपमा माओवादी केन्द्रले जनाएको छ ।

279824492_5091206237630203_4270690791088272468_n

कृषिमा आधुनिक कृषि प्रणाली भित्राई कृषिबाट बेरोजगारलाई रोजगार बनाउने साथै कृषि मजदुरलाई अन्य मजदुर सरह ज्यालाको व्यवस्था पर्ने सम्मका योजना माओवादी केन्द्रका छन् । खेतीयोग्य जमिन बाँझो राख्न नदिने , पशुपंक्षि , माछा पालनमा जोड दिई मासुर दुधमा आत्मनिर्भर बनाउने साथै नगरस्तरिय कृषि तथा भेटेनरी अस्पतालको निर्माण गर्ने समेत प्रतिवद्धता सार्वजनिक गरिएको छ ।

भ्रष्ट्राचारमा शुन्य सहनसिलता राख्दै आफु पनि नगर्ने र अरुलाई पनि गर्न नदिने र रामधुनीलाई पाँच बर्षभित्र भ्रष्ट्राचार रहित नगरको रुपमा स्थापित गर्ने माओवादी केन्द्र रामधुनीका योजना छन् । माओवादी केन्द्रका तर्फबाट नगरमा मेयर पदका लागि चन्द्रकुमार चौधरी र उपमेयर पदका लागि श्याम कुमारी चौधरीले उम्मेद्वारी दिएका छन् ।