बराहक्षेत्रः उनी भन्दैथिए,‘हामी त यस् ठाउँको धर्तीपुत्र हौँ नि ।’ बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ मा अध्यक्ष पदका उमेदवार नुतन धामीले थपे,‘मेरो छोराछोरीलाई जागिर लगाउनुपर्ने छैन्, सम्पत्ति छदैछ, गाउँ समाजमा राम्रै छ, अनि किन भ्रष्टाचार गर्नुपर्यो ?’
आउँदो स्थानीयतह चुनावका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनका अध्यक्ष पदका साझा उमेदवार नुतन धामीको अध्यक्ष पदमा उम्मेद्बारी रहेको छ्भने पिप नारायण चौधरी, बच्चुलाल चौधरी, रामवती मुसहर र अनु भट्टराई सदस्य पदको चुनावी मैदानमा छन् ।
पछिल्लो समय बिस्तारमा सक्रिय मेहनत गर्दै आएको नेपाली कांग्रेसको यसपटक जीत सुनिश्चित रहेको कांग्रेस निकट नेताहरू बताउँछन् । स्रोतकाअनुसार यस् वडामा विपक्षीहरुले अनेकन हर्कद गर्न सुरु गरिसकेकोले जनताहरु आजित भएर परिवर्तनको पक्षमा मत जाहेर गर्नेछन् ।
स्थानीयतहमा पछिल्लो केहि समयलाई नियाल्ने होभने खासगरी भ्रष्टाचार, अनियमितता, नाताबाद, ढिलासुस्तीले आम नागरिकहरु आजित भएको पाइन्छ । दुई दशकदेखि रिक्त रहेको स्थानीयतहमा अघिल्लो निर्वाचनपछी आएका जनप्रतिनिधिको कामकार्वाहीले त्यस्तो समस्याबाट बराहक्षेत्र ४ पनि अछुतो रहेन ।
वडामा अनियन्त्रित रूपमा माटो उत्खनन भएर बिक्री गर्दैगर्दा समेत यहाँका जनप्रतिनिधिको मिलेमतो रह्यो । जसको प्रभावस्वरुप आज यहाँका कौवाखोज, प्रतापूर, खोरिया, नयाँपुल लगायतका स्थानहरूमा बाढीको उच्च जोखिम बढेको छ ।
अध्यक्ष पदका उमेदवार धामी भन्छन्, ‘मैले जितेपछि त्यहाँक जनताहरुलाई बाढीपीडितको उपमा लाग्न दिनेचैन् ।’
उनले अध्यक्ष पदमा विजयी भएपछि आफूले प्राप्त गर्ने तलब भत्ता लगायतको सेवा सुबिधा नलिने बताए ।
प्रदेशपोर्टलकर्मीको कुराकानीमा उनले वडामा एउटा राम्रो खेल मैदानको आवश्यक रहेको हुँदा त्यसको चाडो प्रबन्ध गर्ने, खोरिया, नयाँपुल, पर्तापुर, कौवाखोज लगायतका स्थानलाई डुबानमा पर्न नदिन पानीको उचित निकास गर्ने, नहर मुनीका गाउँहरुमा तत्काल खानेपानीको प्रबन्ध मिलाउने लगायतका योजनाहरु अघि सारेका छन् ।
आफ्नो वडा खासगरी थारु समूदायको विशेष बाहुल्यता रहेको भेग रहेको स्मरण गर्दै उनले भने, ‘यहाँ रहेका थारु, जनजाति, मुसहर समूदायको लागि उनीहरूको भेषभुषा, संस्कृति र पहिचानजन्य कार्यलाई उकास्न विशेष पगलकदमी गर्नु मेरो पहिलो दायित्व हुनेछ ।’