बराहक्षेत्रः नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम् पुर्वमन्त्री मीन विश्वकर्माले केपी शर्मा ओलीलाई कपिल शर्माको संज्ञा दिएका छन् ।

आज (आइतबार) चतरामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता विश्वकर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राम्रो हास्यकलाकार हुन सक्ने भएकाले कपिल शर्माको संज्ञा दिएका हुन् ।

नेपाली कांग्रेस बराहक्षेत्र १ वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विश्वकर्माले भने, ‘चतराको यहीँ बोटलाई हेरेर केपी ओलीले पानीजहाज ल्याउँछु भनेका थिएँ क्यारे तर यहाँ ६० सालदेखि पानीजहाज चलिराको छ ।’ कांग्रेसले जे बोल्यो त्यही पूरा गर्ने बताउँदै नेता विश्वकर्माले भूमिहीन दलितलाई आयोग बनाएर लालपुर्जा वितरणको काम थालिएको बताए ।

नेपाली कांग्रेसका नेता सुरेश श्रेष्ठ यसपटक बराहक्षेत्र १ वडाको अध्यक्ष पदको चुनावी मैदानमा छ्न् । चतरा बजारमा भएको कोणसभामा नेता विश्वकर्माले भने, ‘सुरेश श्रेष्ठलाई मैले तपाईं वडा अध्यक्ष उठ्नुसु भनेको थिएँ तर उहाँले मान्नुभएन र भन्नुभो, कामै गर्न पाइँदैन किन उठ्ने ?’ 

तर अब म तपाईंहरु सम्पूर्णलाई साक्षी राखेर भन्न चाहान्छु, ‘ढुक्क हुनुस् सुरेश श्रेष्ठ जि, अब बराहक्षेत्रको मेयर र उपमेयरसहित सबै ठाउँमा हामीले जित्दैछौ, तब तपाईंले सोचेजस्तो काम गर्न पाउनुहुनेछ ।’

भण्डारीटारदेखि सुर्यकुन्ड जाने बाटोमा काम गर्दै गरेको बताउँदै नेता विश्वकर्माले बराहक्षेत्रका जनता, उधोगी, ब्यबसायीप्रती कांग्रेसले गर्नुपर्ने धेरै काम बाकी रहेकाले एकपटक पुनःसुरेश श्रेष्ठको प्यानललाई जिताउनुपर्ने जिकिर गरे ।

यस् क्षेत्रलाई विश्वकै ऐतिहासिक पौराणिक नगरपालिका बनाउने सन्दर्भमा उनले थपे, निर्वाचन क्षेत्र नम्बर १ बाट मैले सहयोग गर्छु, ४ बाट ज्ञानेन्द्र बहादुर कार्कीले सहयोग गर्नुहुनेछ र बराहक्षेत्र सुखी बन्नेछ ।स्वतन्त्र उमेदवारलाई उधृत गर्दै उनले भने, भोट काटाकाट होईन, साटासाट गरौं र, गठबन्धनलाई सघाऔं ।

निवर्तमान वडा अध्यक्ष समेत रहेका उमेदवार श्रेष्ठले यसपटक बराहक्षेत्र नगरमा नेकपा एमालेको नेतृत्व रहेकोले आफूले काम गर्न नसकेको हुँदा पुनः लड्न चाहेको बताए । उनले कांग्रेसले जितेको वडामा निवर्तमान मेयर निलम खनालले बजेट विनियोजनमा गर्ने विभेदले गर्दा आफूले सोचेको जस्तो कार्य गर्न सकेकोले यसपटक फेरि अध्यक्ष बनेर सेवा गर्ने बताएका हुन् ।कार्यक्रममा वडा समितिका सभापति इश्वर थापाको सभादक्ष्यता र कांग्रेस नेता मीन विश्वकर्मा प्रमुख अतिथ्यता रहेकोे थियो ।