इटहरीः लोकतान्त्रिक बाम गठबन्धनबाट धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षमा उम्मेद्वारी दिएका जितेन्द्र रुम्दाली राईले अघिल्लो स्थानीय निकायको निर्वाचनमा जित हासिल गरेको एमाले नेतृत्वको स्थानीय सरकारले पाँच बर्षमा पर्यटकिय स्थल डाँडा बजारलाई बलात्कार गरेर छाडेको आरोप लगाएका छन् ।
निर्माणको बाचा गर्दै बिजय हासिल गरेको अघिल्लो स्थानीय सरकारका प्रतिनिधिहरु फेरी पनि भोट माग्दै हिडेको बताउँदै रुम्दालीले अव सचेत भएर बाम गठबन्धनका उम्मेद्वारलाई भोट दिन आग्रह गरेका छन् । शनिवारको चुनावी सभालाई सम्बोधन गर्दै डाँडागाउँ पुगेका रुम्दालीले आफुहरुले बनाउने भन्दै बाचा गरेको १५ बेडको हस्पिटल नबनाएको बताए । ‘ १५ बेडको हस्पिटल कहाँ पुग्यो, भेटनरी कहाँ पुग्यो, हामी त्यस्ता बलात्कारीलाई छाड्दैनौँ ।’ उनले भने । आफुहरुले जित हासिल गरे डाँडा बजारमा हस्पिटल बनाउँने रुम्दालीले बाचा समेत गरे ।
‘तपाईहरु पाँच बर्षमा धेरै लुटिनुभएको छ ।, हामीसँग भिजन छ शक्ति छ हामी तपाईहरुलाई जोगाउने छौँ । ७० प्रतिशत युवा शक्ति हाम्रो साथमा हुनुहुन्छ । उहाँहरुको साथ लिएर हामी साँगुरीगढीलाई विकास गर्नेछौँ । ’ रुम्दालीले अघि भने ।
ऋाफुहरु बिजयी भएपछि जनप्रतिनधिहरु जनतासँग छ भन्ने आभाष दिलाउने बताउँदै उनले आफुहरु गाउँ गाउँमा गएर तपाईहरुलाई के आवश्यकता छ भनेर सोध्ने बुझ्ने र बजेट निर्माण गर्ने बाचा समेत गरे ।
अहिलेको सरकारले कहिले पनि सार्वजनिक सुनुवाई नगरेको बताउँदै उनले गाउँपालिकामा बेरुजु देखिएको र त्यो बेरुजु कनिका छरेजस्तै कार्यकर्तालाई पैसा बाड्ने काम भएको समेत बताए । ‘जनप्रतिनिधि र कर्मचारीले बिल भरपाई मिलाउन नसकेर बेरुजु देखिएको छ । आफुहरु त्यो बजेट कहाँ छ महालेखाको फायल खोलेर त्यो खोज्नेछौँ र त्यो बजेट हामी सदुपयोग गर्नेछौँ ।’ रुम्दालीले थपे ।
गाउँपालिकाले वडाको हक गाउँपालिकामा लगेको र जनताले सानो सानो योजना सम्झौत ागर्न समेत गाउँपालिका जानुपर्ने र अध्यक्ष , कहिलो योजना अधिकारी तथा कहिले कार्यकारी नभेट्ने हुँदा जनताले दुःख पाउनु परेको खुलाए । आफ्नो नेतृत्वको सरकार आए आफुहरु ती समस्यालाई समाधान गर्ने समेत राईले स्पष्ट पारे ।
साँगुरीगढी गाउँपालिकामा लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसमा जितेन्द्र रुम्दालीले अध्यक्ष र जनता समाजवादीका लिलाराज लावतीले गाउँपालिका उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।