इटहरीः आसन्न स्थानीय निर्वाचनको लागि लोकतान्त्रिक बाम गठबन्धनले भोली बैशाख २६ गते सोमबार इटहरीको दक्षिण लाईन साथी पेट्रोल पम्पको पछाडी पट्टि वृहत चुनावी आमसभा गर्ने भएको छ ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेद्वारहरु मेयरमा नेपाली कांग्रेसमा उम्मेद्वार हेमकर्ण पौडेल र उपमयेरमा नेकपा एकिकृत समाजवादीका केशव कुमार विष्टलाई विजयी गराउन गठबन्धनमा आवद्ध दलहरुका शिर्ष नेताहरुको उपस्थितीमा विशाल चुनावी आमसभा आयोजना गर्न लागिएको बताइएको छ ।
पुर्व प्रद्यामन्त्री एंव नेकपा एकिकृत समाजवावीका नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा आयोजना हुने चुनावी सभामा नेकपा माओवादीका तर्फबाट राम नारायण विडारी र शिव डाँगी साथै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एकिकृत समाजवादीको इटहरी नगर इन्चार्ज केवल प्रसाद फुँयालले बताए ।
फुयाँलका अनुसार सोमबार इटहरीमा दश हजार भन्दा धेरै जनशक्ति प्रदर्शन गर्ने गठबन्धनको योजना छ । चुनावी सभामा उपस्थित हुन आउने कार्यकर्ताहरु इटहरी वडा नम्बर ७, १८, १७, १६ र ५ बाट आउने हिरा होटल नजिक र वडा नम्बर १५, १४, ११, १२, १३, बाट आउने कार्यकर्ता साथी फ्युल सेन्टर , ८ , ९ र १० बाट आउनेहरु नविल बैँक साथै वडा नम्बर १९, २० र १ बाट भेला हुनेहरु आइतबारे चौक र वडा नम्बर २, ३ र ६ का कार्यकर्ता उपमहानगरपालिका अगाडी भेला भएर चुनावी सभामा रयाली सहित उपस्थित हुने नेकपा एसका निर्वाचन परिचालन कमिटी संयोजक ठमनाथ लम्सालले जानकारी दिएका छन् ।
सोमबार हुने कार्यक्रमको संयोजन नेपाली कांग्रेसले गर्ने नेपाली कांग्रेस इटहरी नगर कार्यवहाक सभापति कोविदजंग कार्कीले बताए ।