इटहरीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार इटहरीमा आएर एमाले विरुद्ध चुनावी मोर्चा बन्दि गरेको गठबन्धनलाई गन्तव्य बिहिन भएको आरोप लगाए ।
इटहरी नगरस्तरीय चुनावी जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले वडामा चुनाव लड्न नसक्नेले देश चलाउन नसक्ने बताए । ‘वडामा चुनाव लड्न नसक्नेले के देश चलाउँछन् ?’ ओलीले कटाक्ष गरे ।
नेकपा एमाले इटहरीको आयोजनामा भएको चुनावी जनसभामा पार्टी अध्यक्ष ओलीले आफ्नै उपमेयरकी उम्मेद्वारको नाम याद नहुँदा तीन पटक सम्म घरी संगीता त घरी सुनीता भन्दै चिप्लिनु पर्यो ।
पार्टीको चुनावी घोषणापत्र सम्बन्धमा बोल्दै ओलीले एमालेको घोषणापत्रमा ठुला ठुला बाटा, कृषिमा आधुनिकरण, उद्योगधन्दा, स्मार्ट सिटि, र रोजगारीका अवसरहरु देखिने बताए ।
आफ्नो नेतृत्वमा ३ बर्ष सरकार चलाउँदा आफुले देशमा विकासको मुल फुटाएको दावी ओलीको थियो । पुर्व प्रद्यानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धनलाई अघाएका किर्नाको टिप्पणी गरे । नेपाली कांग्रेसले २७ बर्ष देशमा शासन चालउँदा केहि नगरेको आरोप लगाउँदै उनले कांग्रेसले सिन्को नभाँचेको टिप्पणी गरेका थिए । तीन बर्षमा आफुले कृषिमा आधुनिकिकरण गरेको हजाराैिँ किलोमिटिर बाटो बनाएको , दक्षिणी सिमानाका मुलुकमा सिमा विवाद समाधान गरेको दावी गरे ।
गठबन्धनले मेयर उपमयेर पदमा महिलालाई स्थान नदिएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले नेकपा एमालेले ५५ ठाउँमा महिलालाई प्रमुख पदमा उम्मेद्वार बनाएको तर गठबन्धनले चोचो मोचो गरेर पुरुषै पुरुषलाई अगाडी सारेको आरोप लगाएका थिए ।
पार्टीको तर्फबाट इटहरीमा उम्मेद्वारलाई भोट माग्दै केपी ओलीले सबै ठाँउमा एमालेको सरकार बने विकासले गति लिने बताए । पहिलो पटक मतदान गर्नेहरुलाई लक्षित गर्दै उनले आफ्नो चुनाव चिन्ह समेत उल्लेख गर्न भ्याए । नेकपा एमालेले इटहरी उपमहानगरमा मेयर तर्फ याम कुमार सुव्वा र उपमेयर तर्फ संगीता चौधरीलाई उम्मेद्वारको रुपमा अघि सारेको छ ।