धरानः जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले वर्तमान निर्वाचन प्रणाली जहाँ अल्पमतले जित्ने बहुमतलाई शासन गर्ने निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताएका छन् ।
स्थानीय तह निर्वाचनका लागि धरान उपमहानगरपालिका वडा नम्बर १० र १२ को घरदैलो कार्यक्रमको अवसरमा शनिबार उम्मेदवारहरुलाई शुभकामना दिने क्रममा राईले आफ्नो धारणा राख्ने क्रममा यस्तो बताएका हुन । अहिले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली जहाँ एक मतले समेत हारजित हुने बताए । तर यसरी जितेको भनिरहँदा भने जित्ने भन्दा हार्नेको मत बढि हुने बताए ।
हरेक मतदाताको मुल्य मान्यता हुने खालको निर्वाचन प्रणाली हुनुपर्ने बताए । नेता राईले अल्पमत बहुमत माथि शासन गर्ने नभै बहुमतले अल्पमतमाथि शासन गर्नुपर्ने बताए । तर यो वर्तमान संविधानमा रहेको निर्वाचन प्रणाली जनता समाजवादी पार्टीले समानुपातिक निर्वाचन प्रणाली अनुसार जानुपर्ने एजेन्डा रहेको बताए ।
जनता समाजवादी पार्टीले स्थानीय तहलाई स्वायत्त संस्था बनाउने निति रहेको बताए । स्थानीय तह निर्वाचनमा गैर पार्टी निर्वाचन अन्तर्गतको प्रणालीबाट बिकास निर्माणको जिम्मेवारी सुम्पने योजना रहेको बताए ।तर जनता समाजवादी पार्टीको सोचाइ अनुरुपको संविधान नबनेकोले त्यो प्रणाली हुन अझै समय लाग्ने बताए ।
निर्वाचन प्रणाली लगायतलाई सच्याउन सुधार गरेर लानको लागि पनि जनता समाजवादीको महत्त्व बढेर गएको बताए ।उनले भने जनता समाजवादी पार्टी भएन भने देश यथास्थितिमा जाने बताए ।जस्ले गर्दा देश गतिहिन हुने भन्दै फेरि बिष्फोट हुने बताए । जनता समाजवादी पार्टी धरान नगर समितिले धरानका सबै वडामा घरदैलो कार्यक्रम तीब्र रुपमा अगाडी बढाएको छ ।