इटहरीः इटहरी उपमहानगरको वडा नम्बर एकमा नेकपा एमालेका उम्मेदवार विजय राईले गतिलो दावेदारी प्रस्तुत गरेका छन् ।
उपमहानगरपालिका भएता पनि पछाडी परेको मानिने वडा नम्बर एकमा अवस्थित पोखरी टोलको पोखरीलाई व्यवस्थित बनाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने देखि लिएर हाँसपोसा स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्ने मुख्य संकल्प लिएर अगाडी बडेका विजय राई वडामा हुने समग्र बेथितीलाई अन्त्य गर्न आफ्नो उम्मेद्वारी रहेको बताएको छन् ।
२०३६ सालमा इटहरी स्थित आपँगाछीको स्ववियु सभापति हुँदै राजनितिमा होमिएका राई २०४३ सालको पञ्चायत कालमा किसान संगठनको सचिव समेत रहेका थिए । किसानहरुका लागि काम गरिसकेका राई इटहरी एकमा रहेका चर्च , मन्जिद, गुम्वा, ग्रामथान, मठमन्दिर जस्ता संस्कृतीसँग जोडिएका पुरातन सम्पदाको संरक्षण गर्दै राष्ट्रिय उच्चमाविमा छात्रावास तथा आवश्यकता अनुसार भवन बनाउने र शैक्षिक गुणस्तरको विकास गर्न माथिल्लो निकायमा पहल गर्ने समेत आफ्नो घोषणापत्रमा समावेश गरेका छन् ।
वडामा हुने डुवानका समस्याको लागि उचित ढल तथा पैनीबाट निकास गराउने साथै बजारदेखि गाउँभित्र छोटो दुरीका बाटाहरुलाई जोड्दै एक गाउँबाट अर्को गाउँमा जान सहज वातावरण निर्माण गर्ने समेत राईको योजनामा परेको छ ।
वडामा रहेको राजेन्द्र पार्कमो उचित संरक्षण गर्ने साथै वडामा बिभिन्न सीपमुलक कार्यक्रम संचालन गरी रोजगारमा आत्मनिर्भर बनाउने र गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृदिको व्यावस्था गर्ने समेत उदेश्य आफुको भएको राईले घोषणापत्रमार्फत जाहेर गरेका छन् ।
इटहरी एकमा रहेको सुसान्त टोलको वृदाश्रमको निर्माण सम्पन्न गर्ने, स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी कम्तीमा २० देखि ५० शैयाको बनाउन पहल गर्ने साथै खानेपानीको व्यावस्था र वडाभित्रका युवा क्लवहरुको उच्च मुल्यांकन गरी आर्थिक व्यवस्था गर्ने समेत योजना राई नेतृत्वको नेकपा एमालेले अघि सारेको छ ।
युवाहरुलाई लक्षित गर्दैै खेलकुदका सामाग्रीको व्यावस्था गरी खेलको विकास गर्नेदेखि लिएर वडा नम्बर १ भित्र उचित जग्गा पहिचान गरी सभाहल निर्माणमा सरकारसँग जोडदार माग गर्ने इटहरी एक नम्बर वडा कमिटिको घोषणापत्रमा उल्लेख गरिएको छ ।
सादगी जीवन बाँच्न चाहाने विजयको जिवनबाट अरुले धेरै कुरा सिक्न सक्ने उनका समर्थकहरुको भनाई छ । भ्रष्ट्राचार, बेथिती र निमुखा वर्गका लागि लागिरहने अठोट गर्ने राईले वडाबाट दिएका योजनाहरु समेत व्यक्तिले दिएको भन्दै ठेकेदारी गर्नेलाई उजागर गरी वडा नम्बर १ को सेवा कस्तो हुन्छ भन्ने कुराको अपनत्व गराउने आफ्नो संकल्प रहेको बताएका छन् ।
राष्ट्रिय माविबाटै राजनिति सुरु गरेका राई त्यहि माविलाई नमुना शैक्षिक केन्द्र निर्माण गरेको र अझ यसलाई थप इटहरीकै सर्वोत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित गर्ने उदेश्य लिएर अगाडी बढेको बताउँछन् ।