इटहरीः मतदानको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले मतदानको दिनको लागि सार्वजनिक सवारी नचल्ने बताउँदै सवारीसाधनको आवश्यकता अति आवश्यक निकायलाई सम्बन्धित जिल्ला प्रसाशनबाट सवारी पास लिन अनुरोध गरेको छ ।
स्थानीय तह सदस्य मतदानका दिन सवारी साधन चलाउन पाँउ भनि प्रमुख जिल्ला अधिकारी मार्फत निर्वाचन अधिकृतलाई निवेदन दिनुपर्ने र पास उपलव्ध भएको खण्डमा मात्रै सवारी चलाउन पाइने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
उम्मेद्वार वा उम्मेद्वारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सावरी चलाउनको लागि निर्वाचन अधिकृतको कार्यलयमा निवेदन दिनुपर्ने र निर्वाचन अधिकृतले उम्मेद्वारको विवरण यकिन गरी सिफारिस दिने नियम छ भने उम्मेद्वार बाहेक अन्य निकाय वा संस्थाले आफ्नो आधिकारीक लेटर प्याडमा सावरी साधनको नम्बर किसिम र प्रयोगकर्ताको नाम समेत उल्लेख गरी निर्वाचन अधिकृतको सिफारिस लिएर अनुमति जारी गर्ने निकायमा पेश गर्नुपर्ने नियम छ ।
निर्वाचनका दिन सवारी प्रयोग गर्न चाहानेले बैशाख २८ गते सम्म निवेदन दिइसक्नुपर्ने निर्वाचन अधिकृतको कार्यलय इटहरीले जनाएको छ ।
निर्वाचनमा विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोग नहुने र आवश्यकता देखिएअनुसार सवारीको लागि अनुमति दिन सकिने निर्वाचन अधिकृतको भनाई छ । मानविय उद्धार तथा सहायताको लागि प्रयोग गरिने सवारी साधनको हकमा भने सम्बन्धित जिल्ला को प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर सवारी साधन प्रयोग गर्न सकिने निर्वाचन सम्बनिध सवारी आवागमन व्यावस्थापन मापदण्डमा उल्लेख गरिएको छ ।
नियमावली अनुसार अपांग अशत्तका लागि मतदान केन्द्र सम्म जान निर्वाचन अधिकृतले अनुमति दिएको सवारी प्रयोग गर्न सकिन्छ भने विमानस्थन आवागमनको लाग काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
एम्बुलेन्स, खानेपानीको ट्याँकर, दमकल, दुरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडि उल्लेख भएका कुटनितिक नियोगका सवारीमा भने अनुमति पत्र लिन आवश्यक नपर्ने निर्वाचन आयोगको भनाई छ ।
मापदण्ड विपरित सञ्चालन भएका सवारी पाइएमा त्यस्ता सवारी सुरक्षाकर्मीले जफत गरी निर्वाचन सकिएपछि मात्रै फिता दिने बताइएको छ ।