बराहक्षेत्रः नेपाली कांग्रेस बराहक्षेत्र ४ वडाको घरदैलो अभियानमा एक हजार बढी जनलहर उत्रिएको छ । हिजो(बिहीबार) लोकतान्त्रिक–बाम गठबन्धनका मेयर पदका साझा उमेदवार नेपाली कांग्रेसका रमेश कार्की र नेकपा (माओवादी केन्द्र)का अमित गौतमसहितको घरदैलो अभियानमा हजार बढी वडाबासीको उपस्थिति रहेको कांग्रेसका वडा उपाध्यक्ष भुपाल खड्काले बताए ।
वडा सचिव गोबिन्द शाले थपे, ‘हामीले कसैलाई जबर्जस्ती बल नगरेरै पनि यत्तिका व्यक्तिहरु स्वस्फूर्त उपस्थित हुनुभएको छ, बाकी बैशाख ३० गतेपछि थाहा होला ।’
वडाका पदाधिकारीहरुले पहिलो चरणको घरदैलो सकिसकेको बताइएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन रहेको त्यस वडामा कांग्रेसका तर्फबाट नुतन धामी अध्यक्ष पदको चुनावी मैदानमा छन् भने पिप नारायण चौधरी, बच्चुलाल चौधरी, रामवती मुसहर र अनु भट्टराई सदस्य पदमा लड्दैछन् ।
नेकपा एमालेका तर्फबाट उमेदवार बनेका निलम खनालले केहि दिनअघि आफ्नो मनतव्यमा भनेका थिए, ‘कांग्रेसको आमसभामा यति मान्छे उपस्थित हुँदैनन् ।’सो माहोलमा जम्मा दुई सय कार्यकर्ता उपस्थित रहेको सोही स्थानमा एक व्यक्तिले बताएका थिए ।
खनालको सोही कुरालाई उधृत गर्दै उमेदवार कार्कीले भने, ‘हेर्नुस्, निलम जि, तपाईंको वडामा, तपाईंको टोलमा उपस्थित यो जनसागरले के भनिरहेको छ, बुझ्नुस् ।’यसपटक नगरबासी परिवर्तनको पक्षमा भएको बताउँदै उनले थपे, ‘तपाईंले (खनालले) दुई सय व्यक्तिको अगाडि कांग्रेसको आमसभालाई तुलना गर्नुभएछ, एकपटक आफ्नै वडामा आएर यो जनसागरलाई नियाल्नुस् ।’ पहिलो चरणको घरदैलो सकिएपछी हामीले बुझेको के होभने यसपटक हाम्रो वडाबासी परिवर्तनको पक्षमा छन् ,हामी जीतको नजिक छौ, शाहले भनें ।