बराहक्षेत्रः ‘भ्रष्टाचारमुक्त नगर बनाउनका लागि पुतली चिन्हमा मतदान गरौं, सबैलाई हेर्यौं पटकपटक स्वतन्त्रलाई हेरौं एकपटक, राजु अधिकारी हाइहाइ अरु सबै बाइबाइ’ लगायतका नाराहरुसहितको चुनावी अभियान तीब्र देखिन्छ । नेकपा एमालेले आफ्नो मूल्यांकन नगरेको भन्दै बराहक्षेत्र नगरको स्वतन्त्र उम्मेद्बारी दिएका अधिकारीले घरदैलो अभियानलाई तीब्रता दिएको जिकिर गरेका छन् ।

उनले उम्मेद्बारी मनोनयन गर्दैगर्दा भनेका थिए, ‘बराहक्षेत्रमा निलम खनालको भ्रष्टाचार, अनियमितता, स्वैच्छाचारिका, बेरुजु र जताततै निलम खनाल हाबी भएकाले मेरो स्वतन्त्र उम्मेद्बारी हो ।’ यसाघी पनि पटकपटक मेयर निलम खनालले आफ्नो मान्छेलाई मात्र जागिर दिएको, वडागत बजेटमा चाकडी गर्नेलाई मात्र बजेट छुट्याउने गरेको लगायतका आरोपहरु लगाउदै उनले नगरसभा समेत बहिष्कार गरेका थिए ।

पछिल्लो केहि दिन यता घरदैलोमा व्यस्त रहेका अधिकारी आफूलाई जनताले अनुमोदन गर्नुपर्ने बताउँछन् । भन्छन्, ‘बराहक्षेत्र नगर फेरि पनि भ्रष्टाचारीलाई सुम्पिने हो की भ्रष्टाचारमुक्त नगर बनाउने भन्नेकुरा नगरबासीको हातमा छ ।’ यद्यपि उनले ुभ्रष्टाचारीलाई सुम्पिनेु भन्ने शब्दले कसलाई इङ्गित गर्न खोजेको प्रष्ट नभनेपनी ‘तपाईंहरुले बुझेकै कुरा हो नि’भनी जवाफ दिएका छन् ।