इटहरीः नेकपा एमालेबाट रामधुनी नगरपालीका वडा नम्बर ५ को वडा अध्यक्षमा उम्मेद्वार बनेका खेमराज पौडेलले वडा नम्बर ५ मा हुने डुवानको समस्यालाई समाधान गर्न आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रदेश पोर्टलसँगको कुराकानीमा पौडेलले वडा नम्बर ५ मा बर्षाको समयमा बाढीले डुवान बनाउने मुख्य समस्या रहेकाले त्यो समस्या समाधान गर्न आफु निर्वाचित भएको अवस्थामा लागि पर्ने बताएका हुन ।

नहरको उत्तरपट्टी बर्षाको समयमा जलमग्न हुने समस्यालाई अघिल्लो नेतृत्वले केही पहल गरेको र त्यहाँ परेको पानी विशेष गरी बक्लौरी तर्फबाट आउने भएकाले त्यो पानीलाई सिधै नहरमा लैजाने काम भएको भएता पनि पर्याप्त नालाहरु नहँुदा अझै त्यो समस्या भएकाले त्यसको समाधानमा आफु लागि पर्ने पौडेलले बताए ।

नहरमा निकास भएका तीन ठाउँमा बक्लौरी तर्फबाट आएको पानीलाई पर्याप्त नालाको व्यावस्था गर्ने र दक्षिण पट्टीको समस्याको सन्दर्भमा क्षेत्रीय कारगारबाट पानीको रुपमा निस्किने फोहोरको कारणले गर्दा त्यहाँको खेतीपाती नष्ट हुने, त्यहाँबाट निस्किएको विकार पानीले लगाइएका बालीहरु बिगौबिगाह नष्ट भइरहेको समस्या समाधानका लागि क्षेत्रीय कारगार र आवश्यक पर्दा प्रदेश र अझै आवश्यक परेको खण्डमा केन्द्रीय सरकार सँग वडाले नगरमा सिफारिस गरि नगर मार्फत पहल कदमी गरेर त्यो विकार पानीको उचित व्यवस्थापनका निम्ति पहल गर्ने पौडेलको योजना छ ।

अघिल्लो कार्यकालमा नेकपा एमालैकै वडा अध्यक्षले घोषणापत्रका ९९ प्रतिशत काम गरेको भन्दै पौडेलले वडा कार्यलयको आफ्नै भवन, स्वास्थ्यका लागि वडा नम्बर ५ मै कोभिड अस्पताल जस्ता काम गरेर लोकप्रियता कमाईसकेकाले आफुले तिनै कामहरुलाई निरन्तरता दिने र थप विकास निर्माणका का मगर्ने आफ्नो प्रतिवद्धता रहेको पौडेलले सुनाए ।

२०५५ सालमा अखिल नेपालको सदस्यता लिएर जनता क्याम्पसमा अध्ययन गर्दै गर्दा २०५७ सालको निर्वाचनमा स्ववियु सदस्य भइसकेका पौडेल विद्यार्थी आन्दोलनमा सरिक भई जनआन्दोलन पछि रामधुनी नगरपालिकामा वडा नम्बर ५ को वडा कमिटीको सह सचिव हुदै नेकपा एमालेको रामधुनी नगरपालिकाको संगठन विभाग प्रमुखको भुमिकामा रहेका पौडेल पछिल्लो समय सामाजिक सेवामा निकै क्रियाशिल मानिन्छन् ।

आफुले रामधुनी ५ मा वडा अध्यक्षको जित हासिल गरेको अवस्थामा ल् रामधुनी ५ मा रहेको हस्पिटलमा ल्याव स्थापना गर्ने, परिक्षण गर्ने, सुत्केरी महिलाहरुको परिक्षण गर्ने र सम्भव भए सम्म प्रसुति सेवा पनि उपलब्ध गराउने आफ्नो योजना रहेको बताउँछन् ।

अघिल्लो कार्यकालका वडा अध्यक्षले सडक निर्माणमा केन्द्रित रहेर निकै सडकहरु बनाएको भएता पनि निकास नभएका बाटाहरु भएको कारणले गर्दाखेरी योजनाको प्राथमिकिरण र टोलविकास बाट प्राप्त हुने योजनाका प्राथमिकिकरणमा नपरेको कारणले धेरै बाटोहरुमा नाला निर्माण र ग्राबेल सम्म नभएको आफुले पाएको पौडेल बताउँछन् । आफुले ती बाटाहरुमा नाला बनाउनेका कामलाई प्राथमिकतामा राख्ने पौडेलको भनाई छ ।

रामधुनी ५ मा स्थापना भएको रामधुनी आधारभुत विद्यालयको सुरुवाती चरणमा आज कक्षा ३ सम्म पुगेको र प्रत्येक वर्ष कक्षा थप गर्दै लाने कार्यक्रम पौडेल बताउँछन् । रामधुनी ५ मा आफ्नो संगठन बलियो रहेको बताउँदै पोडेलले आफुले जित्ने विश्वास व्यक्त गरेका छन् ।