इटहरीः जनता समाजवादी पार्टीका २७ जना बिभिन्न तहमा जिम्मेवारी सम्हालिरहेकाहरुले पार्टी परित्याग गरेका छन् । पार्टी जनताको मर्म र भावना विपरित अघि बढेको निष्कर्ष निकाल्दै जनता समाजवादी पार्टीको सुनसरी जिल्ला कार्यसमिति सदस्य तथा समाजवादी उद्योग वाणिज्य महासंघ इटहरी उपमहानगर कार्यसमिति संयोजक इन्द्रमाया आङ्गबुहाङ्ग सहित २७ जनाको समुहले बिहिबार एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरुमा इटहरी उपमहानगर महिला समिति सचिव मिना शेर्पा लगायत छन् । पार्टीमा लैगिंक समानता, उत्पीडनमा परेका जाती समुदायलाई उत्थान तथा समतामुलक समाज निर्माण गर्ने केन्द्रिय नीति भएता व्यवहारमा त्यसो नभएको भन्दै उनिहरुले व्यक्तिबादी चरित्र हावी भएको हुँदा पार्टी परित्याग गर्नुपर्ने अवस्थामा आउनु परेको बताएका छन् ।
‘जातजाती, लैंगिक, क्षेत्रिय वर्गिय समानताका साथै सबै क्षेत्रको समान प्रतिनिधित्व निर्माण भएको पार्टीले महिलां हिंसालाई निस्तेज पार्नुको सट्टा आफ्नै संगठनभित्रका महिलामा हिंसा हुँदा समेत न्याय दिनुको सट्टा बिभिन्न बहानामा अन्याय गरिरहेको र पार्टीमा भएको अन्याय विरुद्ध आवाज उठाउन समेत नदिँदा अन्यायको विरुद्ध आवाज बन्नुपर्ने पार्टीको नेतृत्वमा रहेकाहरु नैे आफै अन्याय गर्न उदत्त देखिएको पाईयो । ’ उनिहरुले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको भनिएको छ ।
स्थानीय निर्वाचन समेत केन्द्रको निर्णय बमोजिम लोकतान्त्रिक गठबन्धन गरेर प्रतिमगनलाई परास्त गर्ने नीतिमा इटहरी उपमहानगरमा लोकतान्त्रिक गठबन्धन गरेर जानुपर्नेमा तमाम कार्यकर्ताको भावना र पार्टी केन्द्रको निर्णय विपरित आफुखुशी निर्णय गरेर मेयर उपमेयर लगायतका पदहरुमा उम्मेद्वारी दिएको समेत असन्तुष्ट कार्यकर्ताको आरोप छ ।
उनिहरुले पार्टीको इटहरी उपमहानगर कमिटीले मेयर, उपमेयर पदमा गठबन्धन गर्ने र वडा तहमा चाहिँ गठबन्धन नगरी आफ्नै उम्मेद्वारलाई भोट दिने गरी मित्रवट प्रतिस्पर्धा गर्ने भन्ने निर्णयबाट समेत आफुहरुलाई आघात पर्न गएको बताएका छन् ।
जनता समाजवादी पार्टीले इटहरी उपमहानगरमा मेयर र उपमेयरको उम्मेद्वारी दिएको भएता पनि त्यो निस्क्रिय राख्ने र वडा तहमा मित्रवत प्रतिस्र्धा गर्ने निर्णय सार्वजनिक गरेको थियो ।
हेर्नुहोस् प्रेस विज्ञप्ती
हामी जनता समाजवादी पार्टीको बिभिन्न तह र तप्कामा आवद्ध तपशिलका व्यक्तिहरु पार्टी मर्म र भावना विपरित अघि बढेको निष्कर्ष निकाल्दै पार्टी परित्याग गरेर स्वतन्त्र जिवन विताउने निर्णयमा पुगेका छौँ ।
लैगिंक समानता, उत्पीडनमा परेका जाती समुदायलाई उत्थान गर्दै समतामुलक समाज निर्माण गर्ने महान उद्देश्य लिएर अघि बढेको पार्टीको केन्द्रिय नीति भएता त्यसो नभएको हामीले महशुस गरेका छौँ । पार्टीले समतामुलक समाजको निर्माणमा सबैमा समान व्यवहार गर्नुपर्नेमा त्यो नगरी आफु निकट र परका व्यक्ति छुटाउने गरी व्यक्तिबादी चरित्र हावी भएको पाइएको छ ।
जातजाती, लैंगिक, क्षेत्रिय वर्गिय समानताका साथै सबै क्षेत्रको समान प्रतिनिधित्व निर्माण भएको पार्टीले महिलां हिंसालाई निस्तेज पार्नुको सट्टा आफ्नै संगठनभित्रका महिलामा हिंसा हुँदा समेत न्यान दिनुको सट्टा बिभिन्न बहानामा अन्याय गरिरहेको र पार्टीमा भएको अन्याय विरुद्ध आवाज उठाउन समेत नदिँदा अन्यायको विरुद्ध आवाज बन्नुपर्ने पार्टीको नेतृत्वमा रहेकाहरु नैे आफै अन्याय गर्न उदत्त देखिएको पाईयो ।
स्थानीय निर्वाचन आउँदै गर्दा समेत पार्टी केन्द्रको निर्णय बमोजिम लोकतान्त्रिक गठबन्धन गरेर प्रतिमगनलाई परास्त गर्ने नीतिमा समेत पार्टीले इटहरी उपमहानगरमा लोकतान्त्रिक गठबन्धन गरेर जानुपर्नेमा तमाम कार्यकर्ताको भावना र पार्टी केन्द्रको निर्णय विपरित आफुखुशी निर्णय गरेर मेयर उपमेयर लगायतका पदहरुमा उम्मेद्वारी दिँदा पार्टीको निकाय कति इमान्दार छ भन्ने प्रष्ट भइसकेको छ ।
पार्टीको इटहरी उपमहानगर कमिटीले मेयर, उपमेयर पदमा गठबन्धन गर्ने र वडा तहमा चाहिँ गठबन्धन नगरी आफ्नै उम्मेद्वारलाई भोट दिने गरी मित्रवट प्रतिस्पर्धा गर्ने भन्ने निर्णयबाट समेत हामीलाई आघात पर्न गएको छ । अन्यायमा परेकाहरुलाई न्याय दिनमा पार्टी चुक्नुका साथै पार्टी केन्द्र र कार्यकर्ताको भावना विपरित अगाडी बढ्दा हामी तमामको मनोभावनामा ठेस पुगेको छ । यीनै कारणले हामी जनता समाजवादी पार्टीको तपसिलका व्यक्तिहरु आज कै मिती बाट पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्दछौं । अव उप्रान्त स्वतन्त्र रहने निर्णय समेत गरेकाछौँ ।
तपशिल
१, इन्द्रमाया आङ्गबुहाङ्ग – जिल्ला कार्यसमिति सदस्य, सुनसरी, समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति संयोजक
२, सरिता आले – नगर समिति सदस्य , इटहरी उपमहानगर समिति, महिला समिती सदस्य इटहरी उपमहानगरपालिका
३, जंग लिम्बु – नगर समिति सदस्य , इटहरी उपमहानगरपालिका
४, दिल कुमारी थलङ्ग –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
५, दुर्गा लिम्बु –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
६, अम्बिका मगर –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
७, जमुना गुरुङ्ग–समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
८, राधिका लिम्बु –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
९, कमली चौधरी –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१०, सिता अधिकारी –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
११, रनेश घिमिरे –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१२, वृजा राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१३, सुमित्रा राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१४, राजु राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१५, जानुका राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१६, गीता सुव्वा –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१७, प्रेम बहादुर लिम्बु – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
१८, रमेश श्रेष्ठ – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
१९, दिल कुमारी साँवा – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२०, सन्तोष आङबुहाङ – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२१, सन्तोष न्योङ – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२२, अमृता याक्खा, –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
२३, अस्मिता खड्का राई – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२४, धन कुमार लिम्बु – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२५, मिना शेर्पा –इटहरी उपमहानगर महिला समिति सचिव
२६, सविना राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
२७ नविन कला राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य