बराहक्षेत्रः बुद्धिजीवी सर्कलका युवा भनेर चिनिएका रोहित काफ्ले आसन्न स्थानीयतह निर्वाचनका निम्ति बराहक्षेत्र ५ मा अध्यक्ष पदको चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको चुनावी तालमेलका मुताबिक काफ्ले अध्यक्ष पदको साझा उमेदवार हुन् । पछिल्लो केहि दिनयता घरदैलो कार्यक्रममा व्यस्त रहेका काफ्लेले आफ्नो एजेन्डा अन्तर्गत भ्रष्टाचार, अनियमितता हुन नदिने र शुसासनलाई कायम राख्न विभिन्न योजनाहरु अघि सारेका छन् ।

जसअन्तर्गत हेल्लो वडाधक्ष्य डेस्क सञ्चालन, बालबालिका तथा जेष्ठ नागरिक वडाबासीलाई निशुल्क स्वास्थ्य जाँच गर्ने, दलित, महिला, सिमान्तकृत समूदायलाई विशेष छुट प्रदान गरिने बताएका छन् । त्यस्तै, वडामा रहेको जडेज मावी, मिलिजुली प्रावीलाई आवश्यक स्तरउन्नति गर्दै बि प्लस ग्रेडभन्दा माथी प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने उनको योजना छ ।

अन्य उमेदवारको जस्तै केहि एजेन्डा भने उनको पनि उस्तै देखिन्छन् । यद्यपि केहि पृथक एजेन्डाअन्तर्गत अमाह सिमसारमा होम स्टे संचालन गर्ने, हाटबजार व्यवस्थापन, सार्वजनिक शौचालय, सिसि क्यामेरा जडान तथा जेष्ठ नागरिकलाई धार्मिक स्थलको अबलोकन गराइदिने लगायत रहेका छन् ।

उमेदवार काफ्ले पेशाले शिक्षक हुन् । उनी नेपाल विद्यार्थी संघको सक्रिय राजनीति गरिरहेको अबस्थाबाट मुल पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् ।

काफ्ले निकट एक विद्यार्थी नेता सहदेब काफ्ले भन्छन्, ‘पार्टीले उपयुक्त स्थानका लागि उपयुक्त उमेदवार चयन गरेको छ, अब वडाबासीले यसलाई अनुमोदन गर्नुहुन्छ भन्नेमा विश्वस्त छौ ।’उनकाअनुसार युवा पुस्ताहरुले पर्याप्त साथ रोहित काफ्लेलाई दिएर परिवर्तन चाहेका छन् ।

आफ्नो वडा र साविक भरौल गाविसबासीको खातिर उनको योगदान पनि उस्तै किसिमको सम्मानजनक भएको स्थानीय बताउँछन् । विभिन्न क्लवहरुले आयोजना गर्ने रक्तदान कार्यक्रम, युवाहरुले गरेका खेलकुदका कार्यक्रमहरु, निशुल्क स्वास्थ्य शिविर, टोल सरसफाइ कार्यक्रम लगायतका वडाबासीका दुःख –सुखमा उनी परोक्ष वा प्रत्यक्ष रूपमा सँगसँगै रहेको उनी निकट नेताहरू बताउँछन् ।

त्यस्तै, उनीसँग युवाहरुको नेतृत्व र व्यक्तित्व विकास लक्षित योजनाहरुको परिकल्पनाहरु समेत छन् । उनले विदेशबाट फर्किएका युवाहरूलाई उनीहरूको सीप र क्षमताअनुसारको उधम प्रदान गर्ने, स्थानीयहरुलाई ड्राइभिङ, प्लम्बिङ, वाइरिङ, सिलाइकटाइ लगायतका तालिममार्फत स्वरोजगार बनाउने प्रतिबद्धता जनाएका छन् ।

पार्टीले दिएको विभिन्न जिम्मेवारीहरुलाई आजसम्म सहजताका साथ सम्पन्न गर्ने कांग्रेसभित्र उनको सफल र इमानदार नेताको छवि छ ।उसो त उनीले चुनावी प्रतिस्पर्धा गर्ने वडामा लचिलो प्रतिस्पर्धा भने छैनन् । अघिल्लो स्थानीयतह चुनावको मूल्यांकन गर्दा नेपाली कांग्रेसका उमेदवार दिल बहादुर पौडेलले प्राप्त गरेको दुई तिहाइ मत प्राप्त गरि नेकपा एमालेका उमेदवार राजु अधिकारी विजयी भएको वडा हो ।

रोहित भन्छन्, ‘यसपटक नेकपा एमालेको यो स्थानीय सरकारले गरेको कामकार्वाही देखेर नागरिकहरु आजित भइसकेका छन्, उनीहरू परिवर्तनको पक्षमा छन् ।’उदघाट्न गरेका विभिन्न योजनाहरु अलपत्र परेको, विकास, समृद्धि र शुसासनको प्रत्याभूति गर्न यस् वडाबासीले गर्न सकेको जस्तो मलाई लाग्दैन्, काफ्लेले भनें ।

काफ्लेको अर्को प्रमुख चुनौतिको रूपमा यसपटकका उमेदवारहरु हुन् । यसपटकको उक्त वडाबाट नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पुस्प नारायण राजधामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन भट्टराई, स्वतन्त्र उमेदवार सुर्य बहादुर बस्नेत र नेकपा एमालेका उमेदवार देबेन्द्र बिष्टले काफ्लेसँग प्रतिस्पर्धा गर्ने छन् ।