इटहरीः यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा इटहरीमा भएको गठबन्धनलाई एउटा फरक ढंगले हेरिएको छ ।
लोकतान्त्रिक गठबन्धन नाम दिइएको समुहमा नेपाली कांग्रेसले नेतृत्व गरेको छ सोही नेतृत्वमा छन्, हेमकर्ण पौडेल । सुनसरी जिल्लाकै सबैभन्दा बढि मतदाता भएको र ठुलो उपमहानगरको रुपमा रहेको इटहरीलाई आगामी ५ बर्षको लागि नेतृत्व गर्न मुलत गठबन्धन र नेकपा एमालेबिच तिव्र प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

तथापी इटहरीको नेतृत्वका लागि १६ जनाले नगर प्रमुख र ७ जनाले नगर उपप्रमुखमा उम्मेद्वारी दिएका छन् । जसमा दलप्रतिनिधि नभई जनप्रतिनिधि हुनुपर्छ भन्दै स्वतन्त्र बाट समेत मेयर उपमेयरमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

आफ्नो नगरमा मेयरको खरो प्रतिस्पर्धी बनेका हेमकर्ण पौडेल को हुन् ? भन्ने मतदाताको जिज्ञासालाई समाधान गर्ने उदेश्यले हामीले यसपटक हेमकर्ण पौडेललाई नजिकबाट चिनाउने प्रयत्न गरेका छौँ ।

हेमकर्ण पौडेल विद्यार्थी राजनितिबाट आएका प्रखर वत्ता र असल समाजसेवी समेत रहेका पौडेल इटहरीकै जनता बहुमुखी क्याम्पसले उत्पादन गरेका राजनितिज्ञ हुन् भन्दा अतियुक्ति नहोला । २०५७ सालमा जनता बहुमुखी क्याक्सपमा स्वतन्त्र विद्यार्थी यूनीयनको निर्वाचनमा सभापति भएका थिए ।

नेपाल विद्यार्थी संघको राजनिति गर्दै गर्दा उनलाई स्ववियु सभापतिमा निर्वाचित गराएको थियो । लामो समयसम्म नेकपा एमाले निकट अनेरास्ववियुको गढ मानिएको जनता क्याम्पसमा उनको विजय पछि नेपाल विद्यार्थी संघको पनि प्रभुत्व छन् भन्ने प्रमाणित भएको थियो ।

त्यहीँबाट पार्टी राजनितिमा क्रियासिल बनेका पौडेल हाल तेस्रो कार्यकाल नेपाली काँग्रेसका इटहरी उपमहानगर समितिको सभापती हेमकर्ण पौडेल छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका नेता भएको हुनाले उनलाई चिन्ने युवा देखि वृद्धहरु एउटा प्रखर राजनितिज्ञको रुपमा देख्ने गरेको बताउँछन् ।

173914599_739234776705145_2686720997129214080_n 1

नेपाली कांग्रेसको १२ औं अधिवेशनमा सर्वसम्मत नगर सभापती भएका पौडेल १३ औं र १४ औं अधिवेशनमा निर्वाचनकै माध्यमबाट नगर सभापतिमा चुनिएका थिए त्यसैबाट पनि हजारौँ नेपाली कांग्रेसमा आस्था राख्नेहरुको प्रिय भएको प्रमाणीत हुन्छ । पौडेल हाल तेस्रो कार्यकालको लागि इटहरी काँग्रेसको नेतृत्व गरिरहेका छन् ।

जनता क्याम्पसको पढाई पछि नेपाली कांग्रेसकै भातृ संगठन तरुणदलको जिल्ला सचीव हुँदै पार्टी राजनीतिमा अघि बढेको पौडेललाई धेरैले युवा अवस्थामै उदाएको एक उदयीमान र लोकप्रिय नेताको रुपमा चिन्ने गरेका छन् ।

युवा उमेरमै इटहरी काँग्रेसको नेतृत्व गर्ने अवसर पाएका पौडेल राजनीतिलाई सेवाको संज्ञा दिन्छन् । उनी विपन्न र गरिब जनताको प्रतिनिधि हुन् त्यतिमात्रै नभएर युवा, विद्यार्थी र उद्यमीको पक्षमा अनवरत लागिपरेका नेता पौडेल इटहरीका जनताको आशाका केन्द्र भएको नेपाली कांग्रेस संवद्ध कार्यकर्ताहरुको बुझाई छ ।

लामो समय देखि कम्युनिष्टको गढ भनेर चिनिने इटहरी उपमहानगरमा हेमकर्ण पौडेल आफुले चुनाव जिते नेपाली कांग्रेस गठबन्धनको मेयर नभई समग्र इटहरी बासीको मेयर हुने बाचा गर्छन् । तँपाईलाई भोट किन हाल्ने भन्ने हाम्रो प्रश्नमा पोडेलको एउटै भनाई छ ।

‘बारम्बार एउटै दल नेकपा एमालेको नेतृत्वलाई जिताउँदा एउटा पार्टीले त जित्यो तर इटहरीले हारिरहयो । मेरो जित भनेको इटहरीको जित हो र इटहरी बासीको जित हो । निरन्तर जित्दै गर्दा स्वेच्छाचारी भएको नेतृत्वलाई परिवर्तन गर्न पनि यसपाली हामीलाई जिताउनुहोस पाँच बर्षमा हामी इटहरीलाई परिवर्तन गरेर देखाउँनेछौँ ।’

२०७४ सालमा स्थानीय निर्वाचनमा समेत पौडेलले मेयरको टिकट पाउने बताइएको भएता पनि पार्टीकै अर्का नेता रोहित प्रसाईले टिकट पाउन सफल भएका थिए । हेमकर्णले पछि प्रदेश निर्वाचनमा प्रदेश सांसदको लागि चुनाव लड्ने मौका पाए तर जित निकाल्न सकेनन् । त्यसबेलामा पौडेलका प्रतिस्पर्धी नेकपा एमालेका सर्वध्वज साँवाले हेमकर्णलाई हराएका थिए ।

साँवाले आफ्नो प्रतिवद्धताको १० प्रतिशत पनि काम गर्न नसकेको आरोप खेपिरहेका छन् । ‘आहा इटहरी’ बनाउँछु भन्दै भोट मागेका सावाँले कुनै एउटा सार्वजनिक कार्यक्रममै ‘आहा इटहरी, स्वाहा इटहरी भया’े भनेर भाषण गरेको हेमकर्ण सुनाउँछन् ।

नेकपा एमालेमै पार्टी आस्था राख्नेहरुलाई पनि नेतृत्व परिवर्तन गर्न एक पटक आफुहरुको लोकतान्त्रिक गठबन्धनलाई जिताउन पौडेलको अनुरोध छ ।नेतृत्वको गठबन्धनबाट उपमेयरमा इटहरीकै विकास प्रेमीभनेर चिनिएका नेता केशव कुमार बिष्ट मैदानमा उत्रिएका छन् । कुनै बेला राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव समेत भइसकेका बिष्ट आफ्नै जन्मस्थानमा रहेर विकासमा होमिन आफुले उपमेयरमा उम्मेद्वारी दिएको बताएका छन् ।

बिष्ट राखेपको सदस्य सचिव भएकै बखत इटहरीलाई खेलमय बनाउन इटहरीमा रंगशाला निर्माण का लागि झण्डै ४० करोड रुपैँया बजेट विनियोजन गरेर रंगशालाको निर्माण सम्भव बनाएका थिए । आफ्नो गठबन्धनले जित निकालेको खण्डमा इटहरीलाई खेलमय बनाउने आफुहरुको लक्ष्य रहेको गठबन्धनको संकल्प सार्वजनिक भएको छ ।

कुनैबेला गणनामै नआउने इटहरी काँग्रेस अहिले इटहरी उपमहानगरपालिकाको नेतृत्व गर्ने अवस्थामा पुगेको छ । वैशाख ३० गतेको स्थानीयतह निर्वाचनमा हेमकर्ण पौडेलकै नेतृत्वमा चुनावी गठबन्धन निर्माण भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी गठबन्धनका सहयात्री बनेर अघि बढेका छन् ।