इटहरीः निर्वाचन अधिकृतको कार्यलय इटहरीले निर्वाचन परिचालनको लागि सवारी प्रयोग गर्दा अग्रिम निर्वाचन अधिकृतको कार्यलयबाट अनुमति लिन र दलका झण्डा जथाभावि नटाँग्न आग्रह गरेको छ ।
मंगलबार निर्वाचन आचारसंहिताको विषयमा सुरक्षा निकाय, पत्रकार र राजनितिक दललाई बोलाएर अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै निर्वाचन अधिकृत नारायण रिमालले एक जना उम्मेद्वारले २ वटा मात्रै सवारीको प्रयोग गर्न पाउने नियम रहेको समेत बताए ।
निर्वाचनमा नावालकलाई निर्वाचनमा परिचालन नगराउन सार्वजनिक सवारीलाई निर्वाचनमा प्रयोग गर्न , हात हतियार बोक्न नपाइने तथा प्रचार प्रसारको काम विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै गर्न निर्वाचन अधिकृत नारायण रिमालले आग्रह गरेका हुन् ।
निर्वाचनमा पर्चा, पम्प्लेट, क्याप, भेष्ट, माक्स जस्ता सामाग्री छपाई गर्न तथा वितरण गर्न समेत प्रतिवन्ध गरिएको हुँदा त्यसको समेत पुर्ण पालना गर्न उम्मेद्वार र राजनितिक दलका प्रतिनिधिलाई निर्वाचन अधिकृतको कार्यलयले अनुरोध गरेको छ ।
आचारसंहिता पालना नभएको पाइए स्पष्टिकरण सोध्नुपर्ने कारवाही गर्न जिल्ला निर्वाचनमा पत्राचात्र गर्नुपर्ने भएकाले आचारसंहिताको पुर्ण पालना गर्न राजनितिक दललाई आग्रह गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय कसैप्रति आग्रही र पुर्वाग्राही नहुने बताउँदै निर्वाचन अधिकृत रिमालले ‘म कसैको होइन् र सबैको हो’ भन्ने भनाई राखेका थिए । निर्वाचन सकिँदा सम्म स्वतन्त्र एम्पायरको भुमिकामा रहने कसम खाँदै रिमालले ऐन नियम, कानुन र निर्देशिकाले जे भन्छ त्यहि गर्न आफु निर्वाचन अधिकृतको भुमिकामा रहेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी खगेन्द्र बहादुर खड्काले भेला तथा जुलुसहरु गर्दा सुरक्षाको आफ्नो सुरक्षाको लागि संवेदनशिल हुन र आचारसंहिताको ख्याल गर्न सबै राजनितिक दललाई अनुरोध गरे ।
कुनै बेला सुरक्षाको आवश्यकता परे आफ्नो समुह तयार रहेको बताउँदै खड्काले साँझ ७ बजेदेखि चुनावी घरदैलो कार्यक्रमको आयोजना नगर्न आग्रह गरे । भेला तथा कोणसभाको आयोजना गर्न ७२ घण्टा अगावै सुरक्षा निकायलाई जानकारी गनुपर्ने व्यवस्था समेत खड्काले सम्झाएका थिए ।
कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधी सहित नपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका प्रतिनिधी, पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।