बराहक्षेत्रः नेकपा एमाले बराहक्षेत्रले आफ्नो चुनावी प्रसारमा बालबालिकाको प्रयोग गरेर आचारसंहिताको उलंघन गरेको छ ।
बैशाख ३० मा हुने स्थानीयतह चुनावका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताले भन्छ, ‘चुनाव प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गर्न पाइनेछैन् ।’
तर गत १६ गते एमालेको चुनावी घरदैलो कार्यक्रममा आधा दर्जन बढी बालबालिका भेटिए । बराहक्षेत्र ४ स्थित कौवाखोज, प्रतापुरमा आधा दर्जन बढी बालबालिकालाई झन्डासहित चर्को स्वरमा पार्टीको नारा लगाउँदै गरेको पाइएको छ ।
एक भिडियो समाग्रीका अनुसार १० वर्षदेखि कम उमेर समूहका बालबालिकाको प्रयोग गरिएको देखिन्छ । बराहक्षेत्रका मेयर पदका उमेदवार निलम खनाल, उपमेयर्पदकी उमेदवार नन्दा कुमारी, सम्बन्धित वडाका अध्यक्ष पदका उमेदवार आसाराम चौधरी लगायतको घरदैलो कार्यक्रमका लागि आफूहरू कार्यक्रम स्थलतर्फ जाँदै गरेको ती बालबालिकाहरुले बताएका छन् ।