इटहरीः पार्टीको विद्यान र विधि विपरित धरान वडा नं १ का वडाअध्यक्षका उम्मेद्वार रोशन अधिकारी र वडा नं १४ का वडाअध्यक्षका उम्मेद्वार कृष्ण भट्टराईलाई नेपाली कांग्रेसले कारवाही गरेको छ ।

पार्टीले विद्यान र विद्यी विपरित अर्को पार्टीबाट उम्मेद्वारी दिएको भन्दै साधारण सदस्यता खारेज गरेको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव विरेन्द्र साहले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ ९१० अनुसार कारवाही भरेर साधारण सदस्यता खारेज गरेको जानकारी दिएका छन् ।

कारवाहीमा पर्ने वडा १ का अधिकारी र वडा १४ का भट्टराई २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट निवार्चित भएका थिए । उनिहरु दुवैले वडाअध्यक्षमा दोहोरिन चाहेको भन्दै राजीनामा पनि दिए तर कांग्रेसबाट टिकट नपाउने भएपछि उनीहरुले राप्रपाबाट वडाअध्यक्षमा उम्मेद्वारी दिएका थिए ।

दुवैले पार्टीको आदर्श, सिद्धान्त र नीति विपरित कार्य गरेको, पार्टीको विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टीको उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएकोले विधान बमोजिम अनुशासनको कारवाही भएको कांग्रेसले जनाएको छ ।