धरानः नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भोनुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
उनले मजुदर दिवशको शुभकामना दिदै टेम्पो तथा सिटिसफारी दैनिक २५ रुपैयाका दरले तिरिरहेको कर ३ रुपैयामा झार्ने बताइन् । उनले बार्षिक रुपमा ९ हजार १ सय २५ रुपैयमा तिर्दै आइरहेको यो कर धेरै भएको भन्दै घटाउने बताइन् ।
त्यसै गरि कार्यक्रमको विशिष्ट अतिथि नेयास्वमसका पूर्व अध्यक्ष मोतिराज सुनुवारले मजदुरलाई लगाइएको ट्राफिक नियमबाट मजदुरहरु पीडित हुने गरेको भन्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्न उचित हुने गरी नियम कानुन बनाउन लागि पर्ने बताए । उनले अनिवार्य रुपमा लगाउनुपर्ने ज्याकेटले मजदुरलाई झन्झट भएको र ज्याकेटकै कारण फाइनमा पर्ने र कतिपय अवस्थामा कुटाइ खानेसम्मका घटना भएकोले त्यसलाई सच्याउन पर्ने आवश्यकता रहेको बताए ।
यसै गरि सो कार्यक्रममा उपमेयरमा उमेदवार रहेका पदम लिम्बुले बस बिसौनिमा भएको समस्यालाई समाधान गर्ने बताए । उनले धरान पर्यटकीय क्षेत्र भएकाले पर्यटकको घुईचो बढी हुने भएकोले बसपार्क व्यस्थापन हुन नसकेको बताए । उनले नेकपा एमालेको नेतृत्वमा धरानको स्मार्ट बसपार्क निर्माणाधिन भएको बताउदै भानुचोकको भिडभाड व्यवस्थित हुने बताए ।
नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवशमा बुद्धिजीवी, एमाले नेता, कार्यकर्ता र मजदुरहरुको ठुलो उपस्थिति रहेको थियो ।