इटहरीः सत्ता गठबन्धनमा रहेका दलहरुले आवासीय क्षेत्रमा दश हजार लिटर निशुल्क पानी, हजार स्क्वायर फिटसम्मको निशुल्क घरनक्सा पासलगायतका संकल्पसहित साँझा संकल्पपत्र सार्वजनिक गरेको छ ।आइतबार गठबन्धनले एक सयुक्त कार्यक्रमको आयोजना गर्दै आफुहरुले नगर्ने कामको सुचि सहितको संकल्पपत्र सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेस नेतृत्वको चुनावी गठबन्धनले २५ बुँदे संकल्पपत्र समुन्नत नगर, नेपाली कांग्रेस नेतृत्वको सवल स्थानीय सरकार भन्ने नाराका साथ पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, डुबानको समस्या समाधान, शहरको सौन्दर्य प्रवद्र्धन, कृषि आधुनिकीकरण, साहित्य र संस्कृतिको संरक्षण तथा फोहोर व्यवस्थापनको मुद्दा सहितको संकल्पपत्र सार्वजनिक गरिएको छ ।

नगरका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउनुका साथै स्मार्ट पार्किङको व्यवस्था मिलाउने तथा एक हजार वर्ग फिटसम्मको घर नक्सा निःशुल्क पास गर्ने व्यवस्था गर्ने पनि संकल्पपत्रमा उल्लेख गरिएको छ ।करको दायरा बढाउँदै दर घटाएर नागरिकलाई सहुलियत हुनेगरी प्रगतिशील राजश्व नीति अख्तियार गर्ने गठबन्धनको संकल्प छ ।

279648107_1005231646848617_3867537988200524489_n

नगरको विकासका लागि गुरु योजना, रणनितिक योजना र कार्ययोजना बनाएर अघि बढ्ने र विकासमा योजनालाई प्राथमिकिकरण गरेर अगाडी बढ्ने गठबन्धनको योजना छ ।
इटहरीको डुवान समस्याको दिर्घाकालिन समाधानका लागि सेरा खोलामा दिर्घाकालिन तटबन्ध गर्ने र त्यहाँ ओभर फ्लो भएको पानीलाई तटबन्ध बनाएर बुढि खोलामा डाइभर्ट गरिने योजना पनि गठबन्धनले अघि सारेका छन् । शिक्षाको बजेटलाई दोव्वर बनाएर ५ बर्षभित्र सबै विद्यालयको शैक्षिक तथा भौतिक स्तरको उन्नती गर्ने कार्यक्रम समेत समावेश गरिएको छ ।

इटहरी बजारको सुन्दरता बढाउन मुख्य सहरका तारलाई अण्डरग्राउण्ड गरिने , इटहरी अस्पतालमा भेण्डिलेटर सहितको आइसियु सेवा र ट्रमा सेन्टरको व्यावस्था गरिने समेत नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले आफ्नो संकल्प पत्रमा समावेश गरेको छ ।

२५ बुँद्धामा समावेश भएको संकल्पपत्रमा दलिय आधारमा उपमहानगरपालिकाबाट दिइने सेवामा भेदभाव नगर्ने , सरकारी सम्पत्तीको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने, कानुनको सीमा भन्दा बाहिर गएर आर्थिक प्रलोभनमा परेर कुनै निर्णय नगर्ने संकल्प समेत गठबन्धनले लिएको छ ।

279202273_1168675073972999_2908229616364837758_n

त्यसैगरी सत्ता गठबन्धनले नातेदार तथा परिवारका सदस्यलाई सल्लाहाकार, विज्ञ तथा कर्मचारी र सहयोगीमा समेत नियुत्त नगर्ने संकल्प लिएको छ । महिला माथि हुने हिंसा, जातीय भेदभाव लैँगिक विभेद र सामाजिक विकृति र विसंगतीलाई प्रोत्साहन हुने कुरामा कुनै हिसावले संलग्न नहुने पनि प्रतिवद्धता गठबन्धनले गरेका छन् । संयुक्त गठबन्धनका तर्फबाट उपमहानगरको मेयरमा कांग्रेस नगर सभापति हेमकर्ण पौडेल तथा उपमेयरमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य केशवकुमार बिष्ट चुनावी मैदानमा उत्रिएका छन् ।