बराहक्षेत्रः सुनसरीको कान्छो नगरपालिका बराहक्षेत्र नगरका प्रथम मेयर निलम खनाल हुन् । ०७४ सालको स्थानीयतह चुनावमा आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बाबुरामका उमेदवार बिष्टलाई हराउँदै खनाल विजयी भएका हुन् । नेकपा एमालेको उमेदवारका रूपमा विजयी भएका खनाल बराहक्षेत्र ४ वडास्थित पिडारी नामक गाउँका स्थायी बासिन्दा हुन् ।

उसो त आफ्नो ५ वर्षे कार्यकालमा घोषणापत्रको दुईतिहाई प्रतिबद्धताहरु पूरा गर्न नसकेका खनालले आफ्नै गाउँमा समेत पर्याप्त बिकास गर्न नसकेको पाइएको छ । पिडारी गाउँको प्रवेशद्वारमा रहेको मदन(आश्रीत पुस्तकालयको सञ्चालन गर्ने भनिए पनि आजसम्म त्यसको कार्याबन्यन हुन सकेन ।

दुई दशकअघि एमाले नेता मनमोहन अधिकारीको प्रतिबद्धताअनुसार भवन निर्माण हाल उक्त भवनमा एक स्थानीय बस्दै आएका छन् । बराहक्षेत्र नगरपालिका ४ नम्बर वडाले समेत ५० हजार रकम पुस्तकालयको लागि विनियोजित गरेको थियो । २६ औं मदन-आश्रीत स्मृति दिवसको अवसरमा मेयर खनालले पुस्तकालयको सञ्चालनमा आएको भन्दै रिबन काट्न भ्याए तर अहिले पुस्तकालयको भवन समेत जीर्ण बन्दै गइरहेको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७४र७५ मा नगरको बजेटअनुसार पिडारीमा ड्रेन निर्माणको योजना अघि सारे । ‘ड्रेनको नाममा बाटोको दुबैतर्फ वाल (एजिङ) बनाए तर ६ महिना नबित्दै भत्कियो’, स्थानीय मेघराज पराजुली भन्छन्, ‘भत्केको वाल आजसम्म बनाइएको छैन ।’ चार वर्षअघि निर्माण गरिएको वाल झन्डै सय मिटर उतिबेलै भत्किएपछि पुनःनिर्माणको लागि स्थानीयले पटकपटक कुरा राखे तर सुनुवाइ नभएको गुनासो छ ।

यता पिडारीदेखी दुब्याहीसम्म सडक कालोपत्रे बनेको छ । सडक बनेको केहि समयमै कालोपत्रे भत्किन थालेको अबस्था छ । कामचलाउ कालोपत्रे निर्माण भएको तर दीर्घकालीन हुन नसकेको भन्दै स्थानीयहरुले आवाज बुलन्द गरे । सडकको अबस्था भने झनझन भत्किने क्रममा छ ।

‘सडक बत्ती, फोहोरको निम्ति डसबिन, नगरको दिएको विभिन्न खाले विरुवाहरु रोपेको पनि सुकिसकेका छन्, उपलब्धिमुलुक केहि भएन’स्थानीय पराजुलीले भनें । उनी थप्छन्, ‘अरु र अरु विश्वमै नभएको वाल उठाएर सडक कालोपत्रे गर्ने काम यहि भएको छ, जसले गर्दा पानीको निकास हुन पाएको छैन् र खेतमा पानीसमेत लगाउन सकिएको छैन् ।’