धरानः मिडिया क्षेत्रमा आबद्ध धरानका संचारकर्मी रिकेश बिस्वकर्माले लोकतान्त्रिक बाम गठबन्धनलाई समर्थन गर्दै बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आफ्नै वडा धरान ११ मा उम्मेदवारी दिएका छन् ।
कृति टेलिभिजन धरानमा काम गरेका र हाल प्रदेश पोर्टल अनलाइनमा आबद्ध रिकेशले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) धरानको सिफारिसमा नेकपा माओवादी केन्द्र धरान ११ न. वडासंग सहकार्य गर्दै चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौड़ा लिएर खुल्ला सदस्यमा भोट मागिरहेका छन् ।
नेकपा एमाले बिभाजन हुदा एकीकृत समाजवादीको साथ दिएका रिकेश निकै लामो समय देखि धरानमा लेखक , कलाकार , निर्देशक तथा कार्यक्रम प्रस्तोता भएर चिनिएका छन् । विभिन्न वक्तित्वकलाहरुमा पहिलो, दोस्रो हुँदै आफुलाइ विद्यार्थी जीवन देखि नै निखार्दै आएका उनी ; सामाजिक संजालमा मात्र युवा नेतृत्व आजको आवश्यकता भनेर होइन मैदानमा उमेर पुगेका बुढाहरु संग भिड्न आग्रह गरेका छन् ।
गोलाकार भित्रको हसिया हथौड़ाको खुल्ला सदस्य रिकेश अध्यक्षमा युवानेता जितराज राई, महिला सदस्यमा सानू तामाङ्ग, दलित महिला सदस्यमा पम्फा बिस्वकर्मा र खुल्ला सदस्यमा बालकृष्ण लिम्बूलाई साथ दिएर हाल चुनावी प्रचार गर्दै घरदैलो कार्यक्रममा होमिएका छन् ।