इटहरीः इटहरी उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उपमेयर सहित २० वटै वडामा तालमेल हुने गरी उम्मेद्वारी दर्ता भएको छ ।

इटहरी उपमहानगरको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलको उम्मेद्वारी परेको छ भने उपमेयरमा नेकपा एकिकृत समाजवादीका केशव कुमार विष्टको उम्मेद्वारी परेको छ । पौडेले रुख चुनाव चिन्हबाट चुनाव लड्दैछन् भने विष्ट कलम चुनाव चिन्हबाट चुनाव लड्दैछन् ।

गठबन्धनको तर्फबाट वडा नम्बर एकमा नेपाली कांग्रेसले उम्मेद्वारी दिएको छ । वडा नम्बर एकमा अन्य पार्टीसँग गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका रतन कार्कीले प्रतिस्पर्धा गर्नेछन् भने वडा नम्बर २ मा नेपाली कांग्रेसकै राजु बस्नेतले गठबन्धनको प्रतिनिधित्व गर्दैछन् । यसैगरी इटहरी उपमहानगरको वडा नम्बर ३ मा वडा अध्यक्षको उम्मेद्वार नेपाली कांग्रेसकै बालकृष्ण विष्टले गठबन्धनको प्रतिनिधित्व गर्दैछन् ।

यता उपमहानगरको वडा नम्बर ४ मा नेपाली कांग्रेसका विक्रम बहादुर थापा वडा अध्यक्षका उम्मेद्वार छन् । उता वडा नम्बर ५ मा जीवन कुमार न्यौपाने पनि नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेद्वार छन् । बजार क्षेत्र मानिएको वडा नम्बर ६ मा नेपाली कांग्रेसका दिवस पोखरेलले वडा अध्यक्षको उम्मेदवारी दिएका छन् । पोखरेलले पनि गठबन्धनको प्रतिनिधित्व गर्दैछन् ।

उपमहानगरको वडा नम्बर ७ मा नेपाली कांग्रेसकै हेमा चौधरीले वडा अध्यक्षको उम्मेद्वारी दिएकी छन् । चौधरी गठबन्धनको प्रतिनिधित्व गर्ने वडा अध्यक्ष हुन । यसैगरी वडा नम्बर ८ को वडा अध्यक्षमा नेपाली कांग्रेसकै रोहित कुमार चौधरी उम्मेद्वार छन् । वडा नम्बर ९ मा नेपाली कांग्रेसका गोविन्द घिमिरेले वडा अध्यक्षको उम्मेद्वारी दिएका छन् । घिमिरे पनि गठबन्धनको तर्फबाट उठेका उम्मेद्वार हुन ।

यसैगरी इटहरी १० मा नेपाली कांग्रेसका खेमराज कोइराला र नेकपा माओवादी केन्द्रबाट झमक प्रसाद पराजुलीको उम्मेद्वरी परेको छ । गठबन्धनका आधिकारी उम्मेद्वार इटहरी वडा नम्बर ११ को वडा अध्यक्षमा नेकपा एकिकृत समाजवादीबाट जयनारायण विश्वास र नेपाली कांग्रेसका खड्ग नारायण चौधरीले उम्मेद्धवारी दिएको छन् भने वडा नम्बर १२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका हेमानन्द दाहाल र नेकपा एकिृकत समाजवादीका हरी नारायण चौधरीको उम्मेद्वारी परेको छ ।

यता इटहरी १३ मा नेकपा एसका जुगत नारायण चौधरी र नेपाली कांग्रेसका चन्द्रेश्वर यादवले वडा अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् त्यसैगरी वडा नम्बर १४ को वडा अध्यक्षमा नेकपा एसका प्रेम चन्द्र रौतार गठबन्धनका साँझा उम्मेद्वार हुन । वडा नम्बर १५ मा नेपाली कांग्रेसका श्रवण कुमार चौधरी गठबन्धनका तर्फबाट वडा अध्यक्षको साझा उम्मेद्वार छन् । यता वडा नम्बर १६ मा नेपाली कांग्रेसकै दिप नारायण चौधरी गठबन्धनका तफृबाट वडा अध्यक्षको उम्मेद्वार बनेका छन् ।

इटहरी उपमहानगरको वडा नम्बर १७ मा नेपाली कांग्रेसकै भगवान लाल साह सुडी गठबन्धनको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार बनेका छन् । साह अघिल्लो निर्वाचनमा समेत विजय हासिल गरेका वडा अध्यक्ष हुन । त्यसैगरी इटहरी १८ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजदेव चौधरी गठबन्धनको साझा उम्मेद्वार बनेका छन् भने वडा नम्बर १९ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकै दुर्गा प्रसाद पौडेलले वडा अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् उता वडा नम्बर २० मा नेपाली कांग्रेसका मणिराम श्रेष्ठ र नेकपा माओवादी केन्द्रका नवराज मैनालीले पनि वडा अध्यक्षको उम्मेद्वारी दर्ता गराएका छन् ।

इटहरीका धेरै वडाहरुमा सहमतिकै आधारमा उम्मेद्वारी फिता लिएको भएता पनि केहि वडाहरुमा गठबन्धनका तर्फबाटै २ वटा उम्मेद्वारी परेको पाइएको छ । गठबन्धन दलहरुको शनिवार बसेको बैठकले सहमति गरेको र अव राजनितिक सहमतिको आधारमा गठबन्धनले सघाउने गरी अघि बढ्ने र फिर्ता लिन नपाइएको उम्मेद्वारीलाई क्रियाशिल नबनाइने गठबन्धन दलसम्बद्ध नेताले प्रदेश पोर्टललाई बताए ।