इटहरीः स्वतन्त्रबाट यही बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा इटहरी उपमहानगरका लागि उम्मेद्वारी दिएका उम्मेद्वारहरुले चुनाव चिन्ह प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यलय इटहरीले दिएको जानकारी अनुसार मेयर पदमा इटहरी उपमहानगरमा मात्रै पाँच जना उम्मेद्वार स्वतन्त्र प्रतिस्पर्धामा छन् ।

स्वतन्त्र प्रतिस्पर्धामा रहेका मेयरका उम्मेद्वार पदम कुमार अधिकारीले खानेपानीको धारा चुनाव चिन्ह पाएका छन् । त्यसैगरी अर्का मेयर पदका स्वतन्त्र उम्मेद्वार डिल्ली राम दाहालले हाँस, टेकराज भुजेलले कैँची र झमक बहादुर कार्कीले खरायो चुनाव चिन्ह पाएका छन् । त्यसैगरी इटहरी उपमहानगरको मेयर पदका स्वतन्त्र उम्मेद्वार खगेन्द्र पौडेलले पुतली चुनाव चिन्ह पाएका छन् ।

त्यसैगरी उपमेयरमा प्रतिस्पर्धा गर्ने स्वतन्त्र उम्मेद्वार अन्जु कुमारी सिंहले पनि खानेपानीको धारा चुनाव चिन्ह प्राप्त गरेकी छन् ।यता स्वतन्त्र उम्मेद्वारी दिएका वडा नम्बर २० का अध्यक्ष विमेश गिरीले पुतली चुनाव चिन्ह प्राप्त गरेका छन् । वडा नम्बर १७ का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार हिरालाल गिरीले पनि पुतली चुनाव चिन्ह पाएका छन् । वडा नम्बर १६ का वडा अध्यक्षका उम्मेद्वार महेश कुमार चौधरीले गुलावको फुल चुनाव चिन्ह पाएका छन् भने वडा नम्बर १५ को वडा अध्यक्षका उम्मेद्वार गोरखनाथ चौधरीले खानेपानीको धारा चुनाव चिन्ह पाएका छन् ।

उता वडा नम्बर १४ का वडा अध्यक्षका उम्मेद्वार रमेश प्रसाद चौधरीले चुनाव चिन्ह हाँस पाएका छन् । वडा नम्बर १३ को वडा अध्यक्षको स्वतन्त्र उम्मेद्वार सुनरलाल चौधरी र वडा नम्बर १० को वडा अध्यक्षका उम्मेद्वार खडानन्द दाहालले खानेपानीको धारा चुनाव चिन्ह पाएका छन् ।

त्यसैगरी वडा नम्बर ७ को वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका भिमेस्वर खवासले पनि खानेपानीको धारा चुनाव चिन्ह पाएका छन् । खानेपानीको धारा चुनाव चिन्ह पाउने वडा नम्बर ५ का स्वतन्त्र उम्मेद्वार सुरेस सुवेदी पनि छन् ।

स्वतन्त्र उम्मेद्वार बनेका वडा नम्बर ३ को वडा अध्यक्षमा उम्मेद्वारी दिने तुलामणि लिम्बुले कैँची र सोहि वडाको वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका लाल बहादुर थापाले हाँस चुनाव चिन्ह पाएका छन् ।