इटहरीः मोरङको केराबारी गाउँपालिका–२ मा वडा सदस्य पदका लागि नेपाली कांग्रेसका उम्मेदवार नवीन लिम्बुको शुक्रबार मृत्यु भएको छ ।

बिहीबार दिनभर भोट माग्न हिडेका लिम्बु शुक्रबार विहान अचानक बेहोस भएको र उपचारका लागि हस्पिटल लाँदै गर्दा बाटोमै मृत्यु भएको बताईएको छ ।

३८ वर्षीय लिम्बूको नेपाली काग्रेसबाट वडा सदस्यको उम्मेदवार थिए । लिम्बुको मृत्यु पछि आज हुने भनिएको निर्वाचन कार्यतालिका अनुसारको कार्यक्रम स्थगित भएको छ । निर्वाचन आयोगको निर्देशन पछि मात्रै बाँकी काम सुचारु गरिने त्यहाँको निर्वाचन अधिकृतको कार्यलयले बताएको छ । हिजो दिनभर चुनावी अभियानमा सहभागी भएर स्वस्थ अवस्थामा सुतेका उनी आज बिहान अचानक बेहोस भएर ढलेका थिए ।