धरानः धरान उपमहानगरमा उम्मेदवारी दिएका २ जना मेयर सहित २४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
मेयर पदका लागि उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका रेवती रमण राई र सचेत नेपाली पार्टीका सुस्मीता कार्की सहित धरानबाट २४ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यसैगरी उपमेयर उम्मेदवारी दिएकी नेकपा एसकै अमृता सुनार रामदामले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् । उता वडाध्यक्ष ९ जना, खुल्ला सदस्य ७ जना, महिला सदस्य ४ जना र दलित महिला सदस्य एकजना गरी २४ जनाले उम्मेदवारी फिर्ता लिएको धरानस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धरानमा आफ्नो उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेस,नेकपा एस, जनता समाजवादी पार्टी, स्वतन्त्र गरेर २४ जना छन् ।नेकपा माओवादी केन्द्रबाट धरान–२ मा वडाध्यक्षका लागि उम्मेदवारी दिएकी पिंकी अग्रवाल, वडाध्यक्षमै धरान–४ बाट उम्मेदवारी दिएका कांग्रेसका गणेश बजगाईं, माओवादी केन्द्रबाट वडाध्यक्षमा धरान–६ बाट उम्मेदवारी दिएका लोकबहादुर खड्का, माओवादी केन्द्रबाटै धरान–१२ मा उम्मेदवारी दिएकी गंगा बराल पौडेलले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् ।
यसैबीच धरान–१ र १४ का वडाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छैनन् । मञ्जु भण्डारीको विरुद्ध आफ्नो उम्मेदवारी दर्ता गराएका मेयरका स्वतन्त्र उम्मेदवार पुर्व वडा अध्यक्ष रत्नबहादुर कट्वालले भने आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उनले आफु भण्डारीको भ्रष्ट्राचारका विरुद्ध उम्मेदवारी दिएको बताउँदै आएका छन् ।