इटहरीः आसन्न स्थानीय निकायको निर्वाचनमा लागि आफ्नो उम्मेद्वारी दर्ता गराएका सुन्दर हरैँचाका ६ जना वडा अध्यक्षको उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाधन अधिकृतको कार्यलय सुन्दर हरैँचाले दिएको जानकारी अनुसार वडा अध्यक्ष सहित १२ जनाको उम्मेदवारी फिर्ता भएको छ ।

आफ्नो उम्मेदवारी दिएका वडा नम्बर १, ५, ६, ८, ९, १० र ११ मा विभिन्न पदमा उम्मेदवारी दिएकाले उम्मेद्वारी फिर्ता लिएका हुन् ।कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवारहरु वडा नम्बर १ को वडाध्यक्षमा उम्मेदवारी दिएका रेवतीकुमार तिम्सिना र विन्देश्वर साहले उम्मेद्वारी फिर्ता लिएका हुन् ।

वडा नम्बर ८ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जनक खत्री र वडा नम्बर ९ बाट नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका महेन्द्रकुमार राईले उम्मेदवारी फिर्ता लिएका छन् ।त्यस्तै, वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवारी दिएका वडाध्यक्ष पदका उम्मेदवार जीतबहादुर थापा र वडा नम्बर ११ को अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र रायले उम्मेदवारी फिर्ता लिएका हुन् । रायले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका थिए ।

277852136_2796699503967583_4891302149822746426_n

खुला सदस्यमा ३ जना र महिला सदस्यमा उम्मेदवारी दिएका ३ जनाले पनि नाम फिर्ता लिएका छन् । वडा नम्बर १ को महिला सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएकी आशा चौधरी, वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रबाट महिला सदस्यमा उम्मेदवारी दिएकी सबिना थापामगर र वडा नम्बर ११ मा नेकपा एकीकृत समाजवादीबाट महिला सदस्यमा उम्मेद्वारी दिएकी सतनवती धामी थारुले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुला सदस्यमा उम्मेदवारी दिएकामध्ये वडा नम्बर ५ बाट ललितबहादुर बिष्टले उम्मेदवारी फिर्ता लिएका हुन् । उनले नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका थिए । त्यस्तै, वडा नम्बर ६ मा नेकपा एकीकृत समाजवादीको तर्फबाट खुला सदस्यमा उम्मेदवारी दिएका भिन्द्रबहादुर बस्नेत र टीकाराम तामाङले उम्मेदवारी फिर्ता लिएका हुन् ।