धरानः नेपाली कांग्रेसका धरान उपमहानगर सभापति श्याम पोखरेलले नेकपा एमालेले चुनाव अघिनै पराजित मानसिकता प्रदर्शन गर्न थालेको बताएका छन् । सामाजिक सञ्जार दुरुपयोग गरेर भ्रामक, चरित्रहत्या गर्ने प्रयासले एमालेहरुले पराजित मानसिकता प्रदर्शन गर्न थालेको उनले आरोप लगाएका हुन् ।

एक टेलिभिजन कार्यक्रमका लागि धरानमा मेयरका उम्मेदवारहरु सँगको कुराकानीमा सुनियोजित रुपमा युवा संघका कार्यकताले गठबन्धनका मेयरको उम्मेदवार किशोर राईसंग अनावश्यक प्रश्न गरेको बताउँदै उनले भने ‘गठबन्धनका मेयरका उम्मेदवार किशोर राईले दिएले जवाफको सबै भाग काटेर सानो अंश मात्र राखी जनतामा भ्रम छर्न मेयर तिलक राई समेतको चरित्रहत्या गर्न खोजिएको देखियो ।’ यस्तो प्रचार एमालेको पराजित मानसिकताको उदाहरण भएको उनले बताए ।

Shyam Pokhrel

पाँच दलिय गठबन्धनको चुनावी प्रचार समिति गठनका लागि बुधवार होटल सेछमा बसेको संयुक्त बैठकमा उनले उक्त कुरा बताएका हुन् । सभापती पोखरेलले स्वर्गीय मेयर तारा सुब्बाको निधन पछि कार्यवाहक मेयर मञ्जु भण्डारीबाट भएका कामहरु जगजाहेर भएको अवस्थामा त्यस्लाई ढाकछोप गरी ओझेलमा पार्न एमालले गलत हथकण्डा अपनाउन थालेको उनको भनाई थियो ।

उनले भने ‘उपनिर्वाचनमा नेपाली कांग्रेसले ऐतिहासीक विजय हासिल गर्दै मेयर तिलक राईको कार्यकालमा भएको उपलव्धिहरुबाट अत्तालिएको एमालेको हथकण्डाले चुनाव अघिनै पराजित भएको संकेत दिएको छ ।’ वैठकमा नेकपा मओवादी केन्द्रका युवा नेता अशोक राईले एमालेको प्रतिगामी प्रवृत्ति विरुद्ध पाँच दलिय गठबन्धन भएको बताउँदै चुनावको परिणामले यसको दह्रो जवाफ दिने बताए ।

वैठकले सभापती पोखरेल संयोजक, प्रेस सेन्टरका केन्द्रिय सदस्य केशव घिमिरे सहसंयोजक रहेको ३६ सदस्सीय गठबन्धन चुनावी प्रचार समिति गठन गरेको छ। समितिलाई जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीका पदाधिकारी, सदस्य थप गरी पूर्णता दिने निर्णय गरिएको छ । प्रचार समिति अन्तर्गत विभिन्न विधाका प्रचार माध्यमका उपसमितिहरु गठन गर्ने निर्णय पनि गरिएको छ ।