बराहक्षेत्रः स्थानीयतह निर्वाचनको उमेदवारी मनोनयन चरणसम्म आइपुग्दा धेरै स्थानमा धेरैखाले परिदृश्यहरु देखा पर्न थालेका छन् । कहिँ दलभित्रको चरम असन्तुष्टि छन् त कहिँ अन्य दलसँगको चुनावी तालमेल । यस्तै, बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ मा पनि एक रोचक परिदृश्य देखिएको छ ।

नगरस्तरीय चुनावी तालमेलको निर्णयअनुसार यस् वडामा पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचको तालमेल कायमै छ । सोही अनुरुप कांग्रेसका तर्फबाट बहालवाला वडा अध्यक्ष समेत उद्वव प्रसाद पोखरेलको भागमा अध्यक्ष परेको छ भने एक सदस्य माओवादी केन्द्र र एक सदस्यसहित जनता समाजवादी पार्टी पनि सँगै उभिएको छ ।
त्यस्तै, नेकपा एमालेका तर्फबाट टेकेन्द्र कार्कीले अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने इन्द्र भुजेलले अध्यक्ष पदमा उम्मेद्बारी दिइएको बताइएको छ ।

असन्तुष्ट पक्ष सबैतिर

एकातिर उम्मेद्बारी मनोनयन दर्ताको क्रम चलिरहेको छभने अर्कोतिर पार्टीभित्रको असन्तुष्टिबाट कुनै दल अछुतो रहेनन् । पार्टीले टिकट वितरणको क्रममै पैसा र पावरको आडमा टिकट दिएको भन्दै नेकपा एमाले बराहक्षेत्र ६ का अध्यक्ष घनश्याम पौडेलले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन् । वडा कमिटीले अध्यक्ष पदमा सिफारिस गरेर पठाएका ३ जना बाहेकबाट अध्यक्षको टिकट आएको भन्दै उनी अहिले पार्टीप्रती रुष्ट भएको देखिन्छ ।

त्यस्तै, पार्टीभित्रको असन्तुष्टिले बहालवाला वडा सदस्य दुर्गादेबी खरेलले स्वतन्त्र रूपमा अध्यक्ष पदको लागि उम्मेद्बारी दिएकी छन् । ‘महिला शसक्तीकरणको कुरा गरिरहने यस् पृतसत्कामक समाजले महिलालाई कहिल्यै स्थान नदिएकाले मेरो उम्मेद्बारी हो’उनले भनिन ।

पार्टीको चरम गुटबन्दी, पैसाबाद र नाताबादबाट राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अछुतो रहन सकेन । भर्खरै फक्रिदै गरेको दल भनिने राप्रपा पनि पुजीवादीको घेरामा परेको नेता देब भट्टराई बताउँछन् । नगर सचिव समेत रहेका भट्टराईले पार्टीले बराहक्षेत्र ६ को अध्यक्ष पदका लागि अप्रत्याशित टिकट वितरण गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

278179072_508267387436750_5727403297598558943_n