इटहरीः धरान उपमहानगरपालिकाको मेयर पदका लागि ८ जना स्वतन्त्र उम्मेद्वार सहित २२ जनाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यलय धरानले दिएको जानकारी अनुसार उपमहानगरमा टोल कुमारी लुईटेल, रत्न बहादुर कटुवाल, श्याम कुमार भुजेल, संजय पाण्डे, संजीव भट्टराई, सुर्य बहादुर न्यौपाने , सुर्वा सम्मसेर राई र हर्कराज राईले मेयर पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

त्यसैगरी धरान उपमहानगरमा पार्टीको तर्फबाट उम्मेद्वारी दिनेहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्जबाट अम्बर बहादुर लिम्बु , खम्बुवान राष्ट्रिय मोर्चाबाट उमेश राई , नेपाली कांग्रेस तथा सत्ता गठबन्धनबाट किशोर राई छन् । त्यसैगरी ताजुव कुमार लिम्बुले जनता समाजवादी पार्टी नेपालबाट, दिर्पा कुमारी राईले मंगोल नेशनल अर्गनाइजेसनबाट , नरेश कुमार शाक्याले राप्रपाबाट र पासाङ्ग शेर्पाले राप्रपा नेपालबाट मेयर पदमा उम्मेद्वारी दिएका छन् ।

त्यसैगरी धरान उपमहानगरमा मञ्जु भण्डारीले नेकपा एमालेबाट र राजकुमार राईले लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयर पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

यता राजेश कुमार राईले राष्ट्रिय जजनमुत्ति पार्टीबाट , रेनुका विकले मौलिक जरोकिलो पार्टीबाट र लोकेन्द
बहादुर डंगोलले आमुल परिवर्तन मसिहा पार्टी नेपालबाट र रेवती रमण राईले नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट मेयरको उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । त्यसैगरी सुस्मिता कार्कीले सचेत नेपाल पार्टीबाट पनि मेयरको उम्मेद्वारी मनोनयन गराएकी छन् ।

त्यसैगरी धरान उपमहानगरमा उप–मेयरको लागि २ स्वतन्त्र सहित ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । उप–मेयरको उम्मेद्वारी दर्ता गराउनेहरुमा दत्त कुमार लिम्बु र प्रेम प्रसाद तिमल्सिना स्वतन्त्र छन् भने बाँकी ९ जनाले पार्टीको टिकटमा उम्मेद्वारी मनोनयन गराएका छन् ।

सत्तागठबन्धनको भागमा परेको नेकपा माओवादीले उप–मेयरमा आइन्द विक्रम बेघालाई अघि सारेको छ भने नेकपा एकिकृत समाजवादीले अमृता सुनार रामदामले उप–मेयरमा मनोनयन दर्ता गराएकी छन् ।

यता नेकपा एमालेले पदम प्रसाद लिम्बुलाई उठाएको छ भने राप्रपाले पुर्णमाया राई, जसपाले बिना कुमारी राई, राष्ट्रिय जनमुत्ति पार्टीले श्याम कुमारी तामाङ्ग, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरस्वती सुव्वा र किरात खम्बुवान साँझा पार्टीले हर्कराज राईलाई उप–मेयरमा अगाडी सारेको छ । यता मौलिक जरोकिलो पार्टीले हेम कुमार दाहाललाई उप–मेयरमा उम्मेद्वारी मनोनयन गराएको छ ।

धरान उपमहानगरको मेयर, उप–मेयर, खुल्ला सदस्य , महिला सदस्य र दलित महिला सदस्य गरी जम्मा ४ सय ७१ जनाको उम्मेद्वारी मनोनयन भएको निर्वाचन अधिकृतको कार्यलय धरानले जनाएको छ ।