इटहरी :इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि जम्मा १८ जनाले उम्मेद्धवारी मनोनयन गराएका छन ।
बैसाख ११ र १२ गतेको उम्मेद्वारी मनोनयनमा मेयरमा १८ र उपमेयर पदका लागि ९ जना उम्मेद्वारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यलय इटहरीले जानकारी दिएको छ ।

सोमबार साझँ ८ बजेसम्म १३ जनाको दर्ता भएको भएता पनि उपलव्ध सबै फायल दर्ता गरीसक्दा सम्म १८ मेयर ९ उपमेयरको उम्मेद्वारी मनोनयन भएको हो ।
सुनसरी जिल्लाकै बढि जनसंख्या भएको पालिका इटहरीमा १ सय २३ जनाले वडा अध्यक्षमा उम्मेद्वारी मनोनयन गराएका छन् । २० वटा वडा रहेको उपमहानगरमा २ सय ३ खुल्ला सदस्य, १ सय १ महिला सदस्य ८९ दलित महिला सदस्य ले आफ्नो उम्मेद्वारी मनोनयन गराएका हुन ।

इटहरी उपमहानगरमा बैसाख ११ र १२ गते गरी जम्मा ५ सउय ४३ जना उम्मेद्वारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यलय इटहरीले बताएको छ ।