इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा नेकपा एकिकृत समाजवादीको तर्फबाट रमेश खत्रीले उम्मेद्वारी दर्ता गराएका छन् ।
खत्रीले सोमबार निर्वाचन अधिकृतको कार्यलय इटहरीमा आफ्नो मनोनयन दर्ता गराएका हुन् । नेकपा एमालेको जिल्ला सचिवालय सदस्यबाट बिद्रोह गरेर नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका खत्री युवा नेता तथा प्रखर वत्ता समेत हुन् ।
सत्ता गठबन्धनका विच वडागत भागबण्डा नभएको अवस्थामा आफुले वडा नम्बर ४ बाट गतिलो दावी सहित उम्मेद्वारी दिएको खत्रीले प्रदेश पोर्टललाई बताए ।
आफुसँग नेकपा एमालेसँग असन्तुष्ट खेमाको मत निकै भएकाले जित हासिल गर्नेतर्फ अगाडी बढेको खत्री बताउँछन् ।नेकपा एमालेमा रहँदा अघिल्लो स्थानीय निर्वाचन र प्रदेश सभा निर्वाचनमा लोकप्रियता कमाएका खत्री प्रदेश सभा सांसद सर्वध्वज साँवाको चुनावी अभियानका सारथी समेत थिए ।
तर नेकपा एमालेले विकासका सपनामात्रै बाँडेको तर पुरा नगरेको आरोप लगाउँदै खत्रीले पार्टीबाट बिद्रोह गरेर नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् । नेकपा एसको इटहरी नगरकमिटी सह–इन्चार्ज समेत रहेको खत्री सयुक्त खस क्षेत्री नेपालको केन्द्रिय सचिव समेत हुन् ।