सुर्खेतः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोल्पामा नेकपा एकीकृत समाजवादीबाट ३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा दुई जना अध्यक्ष र एक जना उपाध्यक्ष रहेका छन् ।

जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष तथा डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा नेकपा ९एकीकृत समाजवादी० बाट एकल उम्मेदवारी परेको हो ।

काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरूङ र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षका लागि पेमा वाङ्जु गुरूङले मात्रै उम्मेद्वारी दर्ता गराएका छन् ।