इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र विच प्रतिस्पर्धा हुने भएको छ ।

अघिल्लो निर्वाचनमा प्रत्यासी बनेका नेपाली कांग्रेसका भोला बास्तोलाले पुनः आसन्न निर्वाचनमा उम्मेद्वारी मनोनयन गराएका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार डेगराज फुयाँलभन्दा केहि कम मत ल्याएर हार ब्यहोरेका बास्तोला यो निर्वाचनमा पनि वडा अध्यक्षको आकांक्षी बन्दै उम्मेद्वारी मनोनयन गराएका हुन् । अघिल्लो स्थानीय निर्वाचनमा झिनो मतान्तरले हार व्यहोरेकाले यसपटक आफुले जित हासिल गर्ने विश्वास बास्तोलाको छ ।

स्वभाविक रुपमा पार्टीमा एमालेतर्फको जनमत रहेकाले आफुले जित निकाल्ने दावी खेमराज पौडेलले गरेका छन् । पौडेल नेकपा एमालेको रामधुनी नगरकमिटीको संगठन बिभाग प्रमुख हुन् भने नेपाली कांस्रेसबाट उम्मेद्धवार बनेका बास्तोला पार्टीको वडा सभापति हुन् ।

उता नेकपा माओवादी केन्द्रबाट अच्युत चौलागाईले पनि रामधुनी वडा नम्बर ५ मा वडा अध्यक्षको उम्मेद्वारी मनोनयन गराएको थाहा भएको छ । नेकपा माओवादी केन्द्र अघिल्लो स्थानीय निर्वाचनमा पनि वडा नम्बर ५ मा प्रतिस्पर्धामा उत्रिएको थियो ।