इटहरीः इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि १३ जनाले उम्मेद्वारी मनोनयन गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यलय इटहरीले दिएको जानकारी अनुसार सोमबार साँझ ८ बजेसम्म १३ जनाले मेयरमा आफ्नो उम्मेद्वारी मनोनयन गराएका हुन् ।

त्यसैगरी उपमहानगरमा ७ जनाले उपमेयरको लागि उम्मेद्वारी मनोनयन गराएका छन् । इटहरी उपमहानगरमा जम्मा २ सय ३३ जनाको मनोनयन दर्ता भएको छ ।

वडा अध्यक्षहरुमा वडा नम्बर १ मा २ जनाको उम्मेद्धवारी मनोनयन भएको छ भने वडा नम्बर २ मा ४ जना वडा अध्यक्षको मनोनयन दर्ता भएको छ ।

वडा नम्बर ३ मा ३ जना वडा नम्बर ४ मा २ जना वडा नम्बर ५ मा ६ जना, वडा नम्बर ६ मा ३ जना, वडा नम्बर ७ मा ५ जना, वडा नम्बर ८ मा ४ जना, वडा नम्बर ९ मा २ जना, वडा नम्बर १० मा ३ जनाले वडा अध्यक्षको लागि मनोनयन दर्ता गराएका छन् ।

278836445_1175579369939746_4554919656756324546_n

त्यसैगरी इटहरी उपमहानगरको वडा नम्बर ११ मा ३ जना, वडा नम्बर १२ मा २ जना , वडा नम्बर १३ मा ४ जना , वडा नम्बर १४ मा ३ जना , वडा नम्बर १५ मा ३ जनाले वडा अध्यक्षको मनोनयन दर्ता गरेका छन् ।

वडा नम्बर १६ मा ५ जना , वडा नम्बर १७ मा ४ जना , वडा नम्बर १८ मा २ जना, वडा नम्बर १९ मा २ जना र वडा नम्बर २० मा ४ जनाले वडा अध्यक्षको लागि उम्मेद्धवारी मनोनयन गराएको निर्वाचन अधिकृतको कार्यलय इटहरीले जानकारी गराएको छ ।