इटहरीः सुनसरीको इनरुवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट केदार भण्डारीले टिकट पाएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका कानून व्यवसायी समेत रहेका भण्डारीले टिकट पाएका हुन् ।

मेयरको टिकट लिने लाइनमा हालका मेयर राजन मेहता पनि थिए । यसपटक मेहताले भण्डारीलाई सघाउने भएका छन् ।

नेकपा एमालेका तर्फबाट युवा नेता सरोज पोखरेलले मेयर पदका लागि टिकट पाएका छन् । भण्डारी र पोखरेल बीच इनरुवा नगरपालिकामा चोक प्रतिष्पर्धा हुने भएको छ ।