इटहरी :सुनसरीको रामधुनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट सुदिप अधिकारीले टिकट पाएका छन् ।
मेयरको टिकट पाउने आकांक्षीको लामो लाइनका बिच युवा नेता अधिकारीले यसपटकको चुनावमा मेयरको टिकट पाएका हुन ।
रामधुनीमा टिकट पाउने लाइनमा बहालवाला मेयर जयप्रकाश चौधरी सहित झण्डै एक दर्जन आकांक्षी थिए । युवा नेता अधिकारी युवाका माझ निकै लोकप्रिय मानिन्छन् ।
नेपाली कांग्रेस रामधुनी नगर समितिको सभापति समेत रहेको अधिकारी अघिल्लो कार्यकालमा पनि सभापति नै रहेका थिए । अधिकारीले सोमबार निर्वाचन अधिकृतको कार्यलय रामधुनीमा मनोनयन दर्ता गराउने कार्यक्रम रहेको बताइएको छ ।