इटहरी :नेकपा एमालेले उम्मेद्धवार मनोनयनको अन्तिम दिनको पहिलो घडीमा इटहरीका सबै वडामा वडा अध्यक्षहरुको टुगो लगाएको छ ।
वडा सदस्यहरुको भने नामावली आउन अझै बाँकि रहेको बताइएको छ । नेकपा एमालेले वडा नम्वर १ मा विजय राईलाई उठाउने निर्णय गरेको छ भने वडा नम्वर २ मा माधव कोइरालालाई उमेद्वार बनाएको छ । त्यसैगरी पार्र्टीको वडा नम्वर ३ को वडा अध्यक्षमा उमेश सुवेदीको नाम छ । उता वडा नम्वर ४ मा भक्त लामालाई मैदानमा उतारेको छ ।
नेकपा एमालेबाट वडा नम्वर ५ मा भिष्म घिमिरेलाई उमेद्वार बनाएको छ भने वडा नम्वर ६ मा उमेश पौडेल ,वडा नम्वर ७ मा देवनारायण चौधरीलाई स्थान दिएको छ । उता वडा नम्वर ८ मा अरुण चौधरीले वडा अध्यक्षको टिकट पाएका छन् ।
यसैगरी, वडा नम्वर ९ मा जितेन्द्र थापाको नाम छ भने वडा नम्वर १० मा अवधेश चौधरीले वडा अध्यक्षमा प्रतिस्पर्धा गर्दैैछन् । यता, वडा नम्वर ११ को उमेद्वार केशवप्रसाद कोइरालालाई बनाइएको छ भने वडा नम्वर १२ मा भूवनराज पोख्रेललाई उतारिएको छ । वडा नम्वर १३ शिवनारायण चौधरी प्रतिस्पर्धामा उत्रने भएका छन । पार्टीले वडा नम्वर १४ मा दुखीलाल चौधरीलाई अगाडी सारेको छ भने वडा नम्वर १५ मा जयनारायण चौधरीलाई अगाडी सारेको छ ।
नेकपा एमालेको वडा नम्वर १६ मा तेजनारायण चौधरीले उठ्ने मौका पाएका छन भने वडा नम्बर १७ मा प्रभात आचार्य र वडा नम्वर १८ मा रामकुमार चौधरीको उमेद्वारी निश्चित भएको छ ।
यता वडा नम्वर १९ मा श्री नारायण चौधरीलाई उठाएको एमालेले वडा नम्वर २० मा राजकुमार राईलाई मौका दिएको छ । नेकपा एमालेबाट टुगो लागेका उम्मेद्धवारहरुले आजै निर्वाचन अधिकृतको कार्यलय इटहरीमा मनोनयन दर्ता गराउने कार्यक्रम रहेको नेकपा एमाले इटहरी नगरकमिटीले बताएको छ ।