इटहरीः इटहरी एकका युवा राजेश भण्डारीले उपमहानगरको वडा नम्बर १ को वडा अध्यक्षमा आफ्नो मनोनयन दर्ता गराएका छन् ।

नेकपा एकिकृत समाजवादीको तर्फबाट भण्डारीले इटहरी एकको वडा अध्यक्षमा उम्मेद्धवारी दिएका हुन् । भण्डारीको उम्मेद्धवारी निर्वाचन अधिकृतको कार्यलय इटहरीले सोमबार बिहान दर्ता गरेको छ ।

उम्मेद्धवारी मनोनयन पछि भण्डारीले आफु वडा अध्यक्षमा निर्वाचित भएको खण्डमा वडाको शिक्षा, स्वास्थका क्षेत्रमा काम गर्ने साथै युवाको नेतृत्वगर्ने बताए ।

नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटीमा उपसचिव भण्डारी सामाजिक काममा सक्रिय युवा नेता हुन् ।
समाजसेवा संगै व्यवसायीक जिवनमा समेत होमिएका भण्डारीको चिया चौतारी रेष्टुरेष्ट तथा क्याफे इटहरीको नेशनल गल्लीमा सञ्चालनमा रहेको छ ।