इटहरीः आसन्न स्थानीय निर्वाचनको मनोनयन दर्ताको पहिलो दिन इटहरीमा तीस जनाले आफ्नो उम्मेद्धवारी मनोनयन दर्ता गराएका छन् ।

साना दल र स्वतन्त्र उम्मेद्धवारहरुले आइतबार उम्मेद्धवारी मनोनयन गराएका हुन भने ठुला दलका उम्मेद्धवारहरुले छिटपुट बाहेक उम्मेद्धवारी मनोनयन गराएका छैनन् ।

इटहरीका निर्वाचन अधिकृत नारायण रिमालका अनुसार आइतबार ७ जनाले मेयरमा उम्मेद्धवारी दर्ता गराएका छन् भने २ जनाले उपमेयरमा आफ्नो मनोनयन दर्ता गराएका छन् ।

आइतबार ८ जना वडा अध्यक्ष ४ जना महिला सदस्य र १ जना दलित महिला सदस्यको मनोनयन दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यलय इटहरीमा आइतबार ८ जना खुल्ला सदस्यले समेत आफ्नो मनोनयन दर्ता गराएका छन् ।

ठुला दलहरुमा अझै पनि कतिपय उम्मेद्धवारहरुको नाम टुगोँ लागी नसकेकोले मनोनयन दर्तामा ढिलाई गरेका छन् । सत्ता गठबन्धनमा कांग्रेको गुट उपगुटको कारण उम्मेद्धवारको नाम टुगो नलाग्दा अन्य दललाई समेत टुँगाउन हम्मे परेको छ ।

आज उम्मेद्धवारी मनोनयको अन्तिम दिन भएकाले सबै उम्मेद्धवारले आज सम्म निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उम्मेद्धवारी मनोनयन दर्ता गराईसक्नु पर्छ ।