इटहरीः विराटनगरमा महानगरको वडा नम्बर १५ मा नेकपा एमालेबाट मध्ये राती बिद्रोह भएको छ ।
नेकपा एमालेबाट महानगरको वडा नम्बर १५ मा वडा अध्यक्षको आकांक्षी रहेको सतेन्द्र कुमार सिंहको नेतृत्वमा सयौँ नेता कार्यकर्ताहरु नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
मध्यराती एमालेबाट बिद्रोह गरेर नेकपा एसमा प्रवेश गर्ने सिंहलाई एकिकृत समाजवादीले वडा नम्बर १५ को वडा अध्यक्षको उम्मेद्धवार बनाउने तयारी गरेको छ । सिंहले सोमबार आफ्नो मनोनयन दर्ता गराउने कार्यक्रम रहेको बताइएको छ ।