इटहरीः सत्तारुढ गठबन्धनबाट इटहरी उपमहानगरपालिकाको उपमेयरमा नेकपा एकिकृत समाजवादीका केशव कुमार बिष्टको उम्मेद्धवारी पक्का भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी र नेकपा एकिकृत समाजवादीको सत्ता गठबन्धन रहेको इटहरीमा सर्वसम्मतीबाटै केशव कुमार बिष्टलाई उपमेयरको उम्मेद्धवार बनाउने पक्का भएको हो ।

नेपाली कांग्रेसले मेयरको टुँगो नलगाई सकेको अवस्थामा नेकपा एकिकृत समाजवादीले भने उपमेयरमा सर्वसम्मत रुपमै बिष्टलाई अघि सार्ने निर्णय गरेको हो ।

गठबन्धनको तर्फबाट सोमबार दिनको २ बजे निर्वाचन अधिकृतको कार्यलय इटहरीमा मनोनयन दर्ता गराउने बताइएको छ । गठबन्धनको तर्फबाट बाजा गाजा सहित वीपी चोकमा भेला भएर उम्मेद्धवारी मनोनयनमा जाने नेकपा एकिकृत समाजवादीको तयारी रहेको पार्टी सम्वद्ध स्रोतले जानकारी दिएको छ ।

उपमहानगरका गठबन्धनमा आवद्ध दलहरुको सहमतिको आधारमा आजै सोमबार दिउँसो वडाहरुको उम्मेद्धवारको टुगोँ लगाइने नेकपा एसका इटहरी नगर इन्चार्ज केवल प्रसाद फुयाँलले जानकारी दिएका छन् ।