इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा नेकपा एकिकृत समाजवादीका संजीव खड्काले वडा अध्यक्षको उम्मेद्धवारी दर्ता गराएका छन् ।

खड्काले सोमबार निर्वाचन कार्यलय इटहरीमा आफ्नो मनोनयन दर्ता गराएका हुन् । मेडिकल व्यवसायसँग जोडिएका खड्का २०६२ सालदेखि कम्युनिष्ट राजनिनितीमा सक्रिय थिए । पछिल्लो समय खड्का नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको इटहरी नगरकमिटी सदस्य तथा वडा नम्बर ६ को इन्चार्जको भुमिकामा रहेका थिए ।

मेडिकल क्षेत्रमा कामगर्ने खड्का औषधी व्यवसायी संघ इटहरीको अध्यक्ष तथा नेपाल फार्मेसी संघको प्रदेश एक उपाध्यक्ष समेत हुन् । खड्काले सोमबार दिउँसो तीन बजे मनोनयन दर्ता गराएका हुन् ।

आफुले वडा नम्बर ६ मा जित हाँसिल गरेमा जनताको स्वास्थ्य सेवामा विशेष जोड दिने खड्काले प्रतिवद्धता व्यक्त गरेका छन् । ‘स्वास्थ्य क्षेत्रको मान्छे र विशेष अस्पतालहरुसँग जोडिने भएकाले स्वास्थ्यलाई उच्च प्राथमिकताकामा राखेर काम गर्छु ।’ खड्काले प्रदेश पोर्टलसँग बताए ।

278883984_708409703946148_8669174496922599857_n