इटहरीः इटहरी उपमहानगरपालिकाको स्वतन्त्र उम्मेद्धवार बन्ने घोषणा गरेका पदम अधिकारीले निर्वाचन अधिकृतको कार्यलय इटहरीमा सोमबार आफ्नो मनोनयन दर्ता गराएका छन् । आफ्ना समर्थकका साथ निर्वाचन अधिकृतको कार्यलय पुगेका अधिकारीले दिउँसो तीन बजे आफ्नो मनोनयन दर्ताको कार्यक्रम रहने जानकारी गराएका थिए ।

उपमहानगरको मान्यता अनुसारको सुपर समृद्धिको योजना बनाउने लक्ष्य सहिते दलिय वितृष्णाबाट बाक्क भएका जनतालाई स्वतन्त्र नागरिकको रुपमा मेयर बन्नका लागि आफुले उम्मेद्वारी दिएको अधिकारीको भनाई छ ।

स्थानीय तहमा दलियमात्र नभई निर्दलिय जनप्रतिनिधिहरु हुनुपर्ने धारणा राख्दै अधिकारीले अरु स्वतन्त्र उम्मेद्वारहरु भए संगठित भएर स्वतन्त्र रुपमा अगाडी बढ्ने बताइरहेका छन् । नेकपा एमालेबाट राजनैतिक यात्रा सुरु गरेका उनी पछिल्लो समय जनता समाजवादी पार्टीका नेता थिए । जसपा विभाजन भएपछि लोकतान्त्रिक समाजवादी तर्फ लागेका अधिकारी गत भदौ १ गतेबाट आफु स्वतन्त्र रहेको घोषणा गरेका थिए ।

278970225_3293220260965044_8392507768963834770_n

सुपर समृद्धिको योजना बनाई कार्यान्वयन गर्ने साथै इटहरी उपमहानगरको मान्यता अनुसार सामुहिक सुपर सम्वृद्धिको योजना बनाई कार्यान्वायन गर्नका लागि इटहरीबाट उत्पादित मानव संसाधन विषय विज्ञको अभिलेखिकरण गर्ने र अल्पकालिन , दिर्घकालिन र मध्यकालिन योजना बनाई सोही अनुसार विकास परियोजना सञ्चालन गर्न अभिलेखिकरण विज्ञको योजना र सहकार्यमा ऐन नियम बनाई कायान्वायनमा लैजाने उनको प्रतिवद्धता रहेको बताइएको छ ।