इटहरीः धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका जितेन्द्र रुम्दालीको उम्मेद्धवारी पक्का हुने भएको छ ।

पाँचदलिय सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको भागमा गाउँपालिका अध्यक्ष परेको र पार्टीको तर्फबाट रुम्दालीको उम्मेद्धवारी पक्का भएको बताइएको छ ।

रुम्दाली नेपाल कांग्रेसको धनकुटा ‘क’ क्षेत्रिय कार्यसमितिका सभापति समेत रहेका रुम्दाली राई भेडेटार होटल एसोसियसनका अध्यक्ष समेत हुन् । अघिल्लो स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षको प्रत्यासी बनेका राईले झिनो मतान्तरमा हार व्यहोरेका थिए ।

गाउँपालिकालाई पर्यटकिय हिसावले उत्कृष्ट बनाउने लक्ष्य लिएका रुम्दालीले गठबन्धन दलहरुको साँझा उम्मेद्धवारको रुपमा साँगुरीगढी गाउँपालिकाको अध्यक्ष पदमा भोली मंगलबार मनोनयन दर्ता गराउने बताएका छन् ।