इटहरी :नेकपा एमालेबाट बिद्रोह गरेका झापाका श्याम सुन्दर ओलीलाई राप्रपाले मेयरको टिकट दिने भएको छ ।
केपि ओली निकट मानिएका श्याम सुन्दर ओलीले आइतबार हिजो मात्रै एमाले परित्याग गरेको थिए भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आइतबारै उनलाई पार्टी प्रवेश गराइसकेका छन् ।
ओलीलाई झापाको कन्काई नगरपालिकाबाट मेयरमा उठाउने राप्रपाको योजना रहेको बताइएको छ ।
ओली कलाकार खुश्बु ओलीका बाबु हुन् ।