इटहरीः सुनसरीको बराहाक्षेत्रबाट झुम्कातर्फ आउँदै गरेको यात्रु बहाक बस शनिवार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन् । प्रदेश १–०२–००१ ख ९५०४ नं.को यात्रु बहाक बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
सुनसरीको झुम्का चतरा सडक खण्ड अन्तर्गत बराहक्षेत्र नगरपालिका वडा नं ४ पिडारीमा यात्रु बाहक बस दुर्घटना भएको हो ।
दुर्घटनामा परी गाडी मालिक वराहक्षेत्र नगरपालिका १ चतराका ४० वर्षीय सरोज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसका चालक वराहक्षेत्र १ चतराका २५ वर्षीय सनम श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस मालिक खडकाको उपचारको क्रममा शनिवार बेलुका ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।