इटहरीः नेकपा एमालेमा भएका आकांक्षीहरु आसन्न स्थानीय निकायको निर्वाचनका लागी उम्मेद्धवारमा नसमेटिँदा असन्तुष्ट हुनेहरु बढेका छन् ।

नेकपा एमालेले शनिबार साँझ टुगाँएको उमहानगरको उम्मेद्धवारी विरुद्ध पार्टीकै सक्रिय नेताहरुले सार्वजनिक रुपमै पार्टी निर्णय प्रति असन्तुष्ट राखेका छन् ।

मेयरको टिकट नपाएपछि धरान र इटहरी उपमहानगरमा कार्यकर्ताबीच खटपटनै उत्पन्न भएको छ । आफुइत्तरका आकांक्षीले टिकट पाउँदा कोही शुभकामना बाँड्न आत्तुर छन् भने कोही भने सामाजिक संजालबाटै आफ्नो असन्तुष्टि पोखिरहेका छन् ।

धरान उपमहानगरपालिकाका मेयरमा दावी गरिरहेको मनोज कुमार म्याङवोले आफुभन्दा जुनियर मञ्जु भण्डारीले टिकट पाएर आफु बाइकट भएपछि अप्रिय निर्णय बोकेर हिड्न बाध्य भएको बताउँदै सामाजिक संजाल फेसबुकबाटै असन्तुष्टि पोखेका छन् ।

275977893_989344795047054_8216487717948887006_n (1)

२०५४ सालमा नेकपा एमालेको तर्फबाट मेयर भएका मेन्याङ्बो पुनः धरानको नेतृत्वको आकांक्षी बनेका थिए तर उनको पक्षमा टिकट नआई बहालवाला उपमेयरलाई नै मेयरको टिकट दिएपछि उनले असन्तुष्टी पोखेका हुन् ।

“धरान उपमहानगरपालिकाको मेयर चयनमा हाम्रो पार्टी नेकपा एमालेले यति अप्रिय निर्णय गर्ला भन्ने धरानका नेता कार्यकर्ता तथा मतदाताहरूले कल्पना पनि गरेका थिएनन् ।” म्याङबोले सामाजिक संजालमा लेखेका छन् ।

उता इटहरीमा पार्टीले याम कुमार सुव्वालाई अघि सारेपछि लामो समयदेखि मेयर बन्ने लाइनमा रहेका राम प्रसाद चौलागाईले रातीनै आफ्नो असन्तुष्टि राखेका थिए । चौलागाइले आफु बाहुन भएकै कारण टिकट नपाएको भन्दै पार्टीप्रति असन्तुष्टि राखेका छन् ।